Logo

भारतमा घट्दै संक्रमित हुनेको संख्या, दैनिक २.३४ प्रतिशत सङ्क्रमित,

भारतमा घट्दै संक्रमित हुनेको संख्या, दैनिक २.३४ प्रतिशत सङ्क्रमित,



काठमाडौं । भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २ दशमलव ३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना सङ्क्रमित थपिएका छन् । लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम सङ्क्रमित भएको यो आठौँ पटक हो, मन्त्रालयका एक अधिकारीले भने ।

laxmi

भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७ दशमलव ०९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २ सय ९९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पाइएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४ लाख ८५ हजार ३ सय ५० रहेको छ । पछिल्लो १ हप्तामा भारतमा थप नयाँ सङ्क्रमितहरुको सङ्ख्या २ दशमलव ४४ प्रतिशत रहेको छ, भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या २ दशमलव ३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ ।

भारतमा एक दिनमा १८ लाख ३८ हजार ४ सय ९० जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ करोड ८२ लाख ५४ हजार ९ सय ५३ पुगेको छ । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्
MBL