Logo

सूर्या लाईफ इन्स्योरेन्सकोे बाह्रौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित

सूर्या लाईफ इन्स्योरेन्सकोे बाह्रौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित



काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७५-०७६ को बाह्रौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भएको छ । कम्पनीको बाह्रौं वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले मन्तब्यसहित कम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।

उक्त सभाबाट शेयधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम रु. १०,७७,५६,९०० बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर सहित ५.५२६ प्रतिशतका दरले हुने रकम रु ११,९०,९९,७११ नगद लाभाँस गरी जम्मा १०.५२६ प्रतिशत बराबरको रकम रु. २२,६८,५६,६११ लाभाँश पारित भएको छ ।

आज सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभामा निमित्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काबाट स्वागत मन्तब्य ब्यक्त भएको थियो । उक्त सभामा उपस्थित शेयरधनी महानुभावहरु तथा अन्य उपस्थित ब्यक्तिहरुको लागि कम्पनीको प्रगतीको बारे जानकारी गराउँदै, संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सभा समापनको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL