Logo

हिमालयन जनरल ईन्स्योरेन्स २५ बर्षमा, आफ्नै कर्पोरेट भवन निर्माण सुरु गर्दै

हिमालयन जनरल ईन्स्योरेन्स २५ बर्षमा, आफ्नै कर्पोरेट भवन निर्माण सुरु गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २५ बर्षम प्रवेश गरेको छ । २४ बर्ष पुरा गरेकै अवसरमा कम्पनीले काठमाडौंको बवरमहल स्थित आफ्नै स्वामित्वको करिब साढे दुई रोपनी जग्गामा कम्पनीको कर्पोरेट भवन निमार्ण गर्ने प्रकृया शुरु गरेको जानकारी दिएको छ ।

कमपनीका अनुसार भवन डिजाईनको लागि सोसाइटी अफ नेप्लीज आर्किटेक्टस् (सोना) संग सम्झौता गरिएको छ । सम्झौता पत्रमा कम्पनीका कार्यकारी अधिकृत सुशील बज्राचार्य र सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना) का अध्यक्ष सुमननाथ बैद्यले हस्ताक्षर गरे ।

कम्पनीले निर्माण गर्ने भवनको डिजाईन प्रतियोगिताको आधारमा छनौट गरिनेछ । सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना)ले आव्हान गरिने भवन डिजाईन प्रतियोगितामा नेपाल ईन्जिनियरिङ काउन्सिलमा दर्ता भएका सदस्य आर्किटेक्टस् व्यक्ति वा फर्मले सहभागी हुने कमपनीले जानकारी दिएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई १ लाख ५० हजार र दुई जनालाई सान्त्वना पुरस्कार जनहि ५० हजार रुपैयाँ दिइने छ । उत्कृष्ट डिजाईनरलाई प्रिन्सिपल आर्किटेक्टका रुपमा भवनको विस्तृत डिजाईन कार्यमा समेत संलग्न गराईने छ ।

कम्पनीले आफ्नो  २५औं वर्ष प्रवेशका अवसरमा घोषणा गरेको सामाजिक दायित्वका लक्ष्य अनुरुप यस डिजाईन प्रतियोगिताले नेपालका नवोदित युवा आर्किटेक्टहरुलाई समेत आफ्नो प्रतिभा देखाउन समान अवसर प्रदान गर्ने विश्वास लिईएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL