Logo

लुम्बिनी जनरल इन्स्योरेन्सको १३औं बार्षिक साधारण सभा सम्पन्न, १२ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित

लुम्बिनी जनरल इन्स्योरेन्सको १३औं बार्षिक साधारण सभा सम्पन्न, १२ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर बितरण गर्ने भएको छ ।
कम्पनीको शुक्रबार सम्पन्न १३ औं बार्षिक साधारण सभाले १० करोड रुपैयाँ बराबरको सेयर तिवरणको प्रस्ताव पारित गरेको हो ।

सभाले जारी तथा चुक्ता पूंजी रु. ८८ करोड पु¥याउने प्रस्ताव समेत पारित गरेको हो । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७३/०७४ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण प्रस्तुत गरिएको हो ।

आ.व. २०७३/०७४ मा कम्पनीको चुक्ता पूँजी रु. ३९ करोड रहेको छ । त्यस्तै खुद मुनाफा करिब रु. १७ करोड ९३ लाख पुगेको कम्पनीले जानकारी दिएको छ ।

यसै सन्दर्भमा सभाले कम्पनीको जारी तथा चुक्ता पूंजी रु. ८८ करोड पु¥याउने प्रस्ताव समेत पारित गरेको छ ।

सो अवसरमा कम्पनीका अध्यक्ष मनोहर दास मूलले कम्पनीको समीक्षा अवधिमा करिब रु. १ अर्ब  १३ करोड बीमाशुल्क आर्जन गरेको जानकारी दिए । जुन अघिल्लो आवको तुलनामा ४५ प्रतिशतले बढी हो ।

यसैबीच सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकमा मनोहर दास मूल, विश्वराज रेग्मी, अरुण राज श्रेष्ठ र उमेश रेग्मीलाई निर्विरोध निर्वाचित गरेको छ ।

सोही दिन बसेको सञ्चालक समितिको बैठकले मनोहर दास मूललाई सञ्चालक समितिको अध्यक्षमा पुनः चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL