Logo

आइएमई लाइफका एक सिओटी सहित ३४ एमडिआरटी सम्मानित

आइएमई लाइफका एक सिओटी सहित ३४ एमडिआरटी सम्मानित



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनीले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । उक्त अवसरमा यसपाली एमडिआरटिको रुपमा सम्मानित हुनेमा शारिरीक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत छन् । उनी सम्मानित भएसँगै काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए ।

कम्पनीको समय सापेक्ष बजार नीतिका कारणसम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित भएकाले अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडिआरटी उपलब्धि हासिल गरेको कम्पनीका प्रमुख सन्चालन अधिकृत दिनेश अमात्यले बताए ।

एमडिआरटि अर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७मा रजिष्टर भएको एमडिआरटि एक बिदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु सहभागी हुन पाउँछन् ।

यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्था मार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने ब्यबस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL