Logo

निर्जीवन बीमा कम्पनीले मंसिरमा कमाए २ अर्ब ६१ करोड बीमाशुल्क, ५ महिनामा १६ अर्ब आर्जन

निर्जीवन बीमा कम्पनीले मंसिरमा कमाए २ अर्ब ६१ करोड बीमाशुल्क, ५ महिनामा १६ अर्ब आर्जन



काठमाडौं । गएका मंसिर महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिरमा मात्रै निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले २७ करोड रुपैयाँ आर्जन गर्दा नेको इन्स्योरेन्स कम्पनीले मंसिर महिनामा २३ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै सगरमाथा इन्स्यारेन्स कम्पनीले २२ करोड रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा प्रिमियर इन्स्यारेन्सले २० करोड, हिमालयन एभरेष्टले १९ करोड, सिद्धार्थले १८ करोड, एनएलजीले १५ करो र सानिमा र आइएमईले १४ १४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले मंसिर महिनामा २ लाख २८ हजार १ सय २६ बीमालेख जारी गरेका छन् ।

यता चालु आर्थिक बर्षको हालसम्मको तथ्यांक हेर्दा भने गत साउनदेखि मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेका छन् । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ११ लाख ४७ हजार बढी बीमालेख जारी गर्दै उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी १ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी दोस्रो स्थान कायम गरेको छ ।

सगरमाथा इन्स्योरेन्सले यस अवधिस १ अर्ब २९ करोड बीमा शु्ल्क आर्जन गर्दा नेको इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ आर्जन गरेका छन् ।

यता एनएलजी इन्स्योरेन्सले ९३ करोड ८० लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ९० करोड १३ लाख, सानिमा जिआइसी इनस्योरेन्सले ८३ करोड १२ लाख, लुम्बनी जनरल इन्स्योरेन्सले ७९ करोड ७९ लाख रुपैयाँ, आइएमई जनरलले ७५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाख, नेपाल इन्स्योरेन्सले ६६ करोड ४९ लाख, प्रभु इन्स्योरेन्सले ६० करोड ४९ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले ५८ करोड ९५ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ५३ करोड ७१ लाख, यूनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४१ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL