Logo

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, १४ प्रतिशत बोनस सेयर दिने

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, १४ प्रतिशत बोनस सेयर दिने



काठमाडौं ।  प्रिमियर इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

लाभांश संशोधन गरेर कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बीमा समितिले नगद लाभांशमा कडाइ गरेपछि इन्स्योरेन्सले बोनस सेयर दिने भएको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित र बीमा समितिले पास गरेपछि मात्रै वितरण हुने छ । कम्पनीले माघ २१ गते आफ्नो २८औं साधारणसभा आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL