Logo

सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सजिलो, २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सजिलो, २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनअघि मात्र ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाईन बीमा दाबी सेवाको आरम्भ गरेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी, टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने शोभाकुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो ।

बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रक्रिया अगाडि बढाएका थिए र सोअनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्यदिनमै प्रदान गरेको जनाएको छ ।

लकडाउनको समयमा उनका श्रीमान ध्रुव खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन बीमाको दाबी फर्छ्यौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेका क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम १० लाख, बोनस रकम ३५ हजार तथा काजकिरिया खर्च बापत ५० हजार गरी जम्मा १० लाख ८५ हजार रकम दाबीकर्ता ध्रुव खत्रीको बैंक खातामा अनलाइनमार्फत् जम्मा गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL