Logo

प्रम केपी ओली समक्ष पुनर्निर्माणको आगामी कार्ययोजना पेश, ७७ असार भित्र पुनर्निमाण सम्पन्न गर्ने

प्रम केपी ओली समक्ष पुनर्निर्माणको आगामी कार्ययोजना पेश, ७७ असार भित्र पुनर्निमाण सम्पन्न गर्ने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा भएका प्रगति र आगामी कार्ययोजना प्रधान मन्त्री केपी शर्मा ओली समक्ष पेश गरेका छन ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको परामर्श परिषदको बैठक प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रगति र आगामी कार्ययोजना पेश गरेका हुन ।

प्राधिकरणले आर्थिक वर्ष २०७४÷७५ भित्र प्रथम किस्ता लिएका सम्पूर्ण लाभग्राहीको निजी आवास पुनर्निर्माण २०७५÷७६ भित्र सम्पन्न गरिने गरि काम भईरहेको जानकारी दिएको छ । त्यस्तै गुनासो सुनुवाई र पुनःसर्भेक्षण कार्य आ.ब. ०७५÷७६ को दोस्रो चौमासिक भित्र सम्पन्न गरी बाँकी सबै लाभग्राहीलाई आ.व. २०७५÷७६ भित्रै पहिलो किस्ता रकम उपलब्ध गराउने भएको छ ।

गुनासो सुनुवाई, भूमिहीन, जोखिम वर्ग, एकीकृत बस्ती र परम्परागत बस्तीसँग सम्बन्धित लाभग्राहीको निजी आवास पुनर्निर्माण आ.व. २०७६÷७७ भित्र सम्पन्न गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।

प्राधिकरणले आगामी आव २०७५÷७६ भित्र सुरक्षित जग्गा व्यवस्थापन गर्ने लक्ष लिएका छन भने आ.व. ०७६÷७७ भित्र आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष लिएको छ ।

आ.ब. ०७७÷७८ भित्र ७५ वटा वस्ती विकास गर्ने कार्यक्रम रहेको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै आ.ब. ०७६÷७७ भित्र शतप्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL