Logo

केरुङ–काठमाडौं रेलमार्गको डीपीआर चीनलेनै बनाउने, काठमाडौं–पोखरा रेलमार्गबारे छलफल हुँदै

केरुङ–काठमाडौं रेलमार्गको डीपीआर चीनलेनै बनाउने, काठमाडौं–पोखरा रेलमार्गबारे छलफल हुँदै



काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न चीन सरकार सकारात्मक देखिएको छ ।

केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डीपीआर तयार गर्न पनि सकारात्मक देखिएको रेल विभागले जानकारी दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गरेको सचिवस्तिरिय बैठकमा चिनियाँ टोली सकरात्मक देखिएको विभागले जानकारी दिएको हो । चिनियाँ पक्षलाई डीपीआर तयार गर्न अनुरोध गरे पछि उक्त टोली सकरात्मक देखिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

यसअघि नेपाल र चीनबीच उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारी अनुसारको प्रतिवेदन चीनले नेपाललाई बुझाइ सके पछि अब डीपीआर बनाउन अर्को सम्झौता हुने विभागले जानकारी दिएको छ ।

उक्त टोलीले सोमबार मन्त्रालयमा बैठक गरेसँगै मंगलबार काठमाडौं–केरुङ रेलमार्गको स्थलगत अध्ययनको लागि नुवाकोट तथा बुधबार काठमाडौं–पोखरा रेलमार्गको अध्यन गर्न पोखरा सम्म पुगेको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिएको छ ।

आज उक्त टोलीसँग मन्त्रालयमा थप छलफल हुने र आजै चिनियाँ टोली स्वदेश फर्कने कार्यक्रम रहेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL