Logo

पुनर्निर्माण प्राधिकरणद्धारा एकीकृत बस्ती विकास योजना स्वीकृत, २१९ घरधुरी लाभान्वीत

पुनर्निर्माण प्राधिकरणद्धारा एकीकृत बस्ती विकास योजना स्वीकृत, २१९ घरधुरी लाभान्वीत



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४ वटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरुलाई स्वीकृती दिएको छ ।

असोज २१ गते बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा, सिन्धुपलाञ्चोक र काठमाडौंमा बन्ने तथा एकीकृत बस्ती विकासका लागि स्वीकृती प्रदान गरेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिएका छन ।

उनका अनुसार ओखलढुङ्गाको मलेखु गाउँपालिकामा रहेको फुयाल गाउँ एकिकृत नमुना बस्ती, सिन्धुपलाञ्चोकको झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्तीको प्रराम्भिक योजनालाई स्वीकृत गरिएको हो ।

सिन्धुपलाञ्चोककै गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजना र काठमाडौें शंखरापुरस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।

घिमिरेका अनुसार फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी, गिरान्चौर प्रवद्र्धन परियोजनामा १ सय ३५ घरधुरी र सिर्जनशिल एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी रहनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL