Logo

पुर्नर्निर्माण प्राधिकरण सीईओ ज्ञवालीले भने, ‘पुनर्निर्माणको जग मैले नै बसालेको हुँ अब चाँडै सम्पन्न गर्नेछु’

पुर्नर्निर्माण प्राधिकरण सीईओ ज्ञवालीले भने, ‘पुनर्निर्माणको जग मैले नै बसालेको हुँ अब चाँडै सम्पन्न गर्नेछु’



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माणको ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै पुनिर्निर्माणको काम सम्पन्न गर्ने बताएका छन ।

नवनियुक्त सिईओ ज्ञवालीले आज पदवहाली पछि आयोजित स्वागत कार्यक्रममा विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताएका हुन् ।

शुरुको चरणमा पुननिर्निर्माणको जग बसाल्ने काममा आफू र कर्मचारीहरु अहोरात्र खटेको स्मरण गर्दै सिइओ ज्ञवालीले विगतका अनुभव र पाठका आधारमा पुनर्निर्माणमा देखा परेका समस्याहरुलाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्ने जानकारी दिए ।

साथै स्थानीय तहमार्फत जनतालाई व्यापक परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको अभूतपूर्व बर्ष बनाउने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL