Logo

चोभारमा सुख्खा बन्दरगाह बन्ने पक्का, बुधबार प्रधानमन्त्रीले गर्दैछन सिलान्यास

चोभारमा सुख्खा बन्दरगाह बन्ने पक्का, बुधबार प्रधानमन्त्रीले गर्दैछन सिलान्यास



काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको चोभारको सुख्खा बन्दरगाह निर्माणकार्य अब सुरु हुने भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेसँगै सो स्थानमा सुख्खा बन्दरगाह बन्ने पक्का भएको हो ।

बुधबार प्रधानमन्त्री ओलीले तत्कालिन हिमाल सिमेन्टको जग्गामा सुख्खा बन्दरगाह निर्माणको लागि शिलान्यस गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास बोर्डले जानकारी दिएको छ ।

२०७४ साउनदेखि नै निर्माण गर्ने भनिएको उक्त बन्दरगाहको ठिक १ बर्ष पनि २०७५ साउन शिलान्यास हुने भएको छ । सन् २०१९ को अन्तसम्ममा सक्ने लक्ष्य लिइएको उक्त बन्दरगाहको शिलान्यस नै १ बर्ष पछि मात्रै हुन लागेको हो ।

सरकारले बाहिरी मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्न लागेको हो । निर्माण सुरु भएको ३ बर्षभित्र सक्ने लक्ष्य लिइएको सो बन्दरगाहको शिलान्यास नै १ बर्षपछि भएकाले निर्माणकार्य पनि लम्बिने भएको छ ।

उक्त बन्दरगाह निर्माणका लागि लामोसमदेखि बहश चलेपनि बुधबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेसँगै निर्माण हुने पक्का भएको बोर्डले जानकारी दिएको छ ।

हिमाल सिमेन्टको जग्गामा निर्माण हुन लागेको सो सुक्खा बन्दगाहमा भन्सार, वायर सर्भिसलगायतका अन्य सुविधासहित चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधियुक्त बन्दरगाह निर्माण गरिने भएको छ ।

उक्त बन्दरगाह निर्माणसँगै कोलकाता, विशाखापटनम र रसुवा नाकाबाट सामान बोकेर आउने कन्टेनर सिधै काठमाडौं आएर चेकजाँचपछि अन्य क्षेत्रमा सामान पठाईने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL