Logo

उर्लाबारीमा सन्थाल एकीकृत वस्ती बनाउदै सरकार, मंगलबार प्रधानमन्त्रीले शिलान्यास गर्ने

उर्लाबारीमा सन्थाल एकीकृत वस्ती बनाउदै सरकार, मंगलबार प्रधानमन्त्रीले शिलान्यास गर्ने



काठमाडौं । शहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने भएको छ । मन्त्रालयले एकीकृत सन्थाल वस्ती निर्माणको लागि गुरु योजनानै तयार गरेर निर्माण कार्य अघि बढाएको हो ।

laxmi

उक्त एकिकृत वस्तीको यहि फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले वस्ती शिलान्यास गर्ने भएका छन् । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत वस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको शहरी विकास मन्त्रालयले जानकारी दिएको छ । सन्थाल एकीकृत वस्ती विकास कार्यक्रमको लागि उक्त समुदायमा गएर गरिएको सर्भेक्षणअनुसार उक्त नगरपालिकामा १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएको र २७ परिवार सन्थाल जातिको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आफ्नो घर बनाउन नसक्ने स्थिति रहेको छ ।

हाल मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने अनुमान छ ।
एकीकृत वस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार नै सन्थाल वस्तीको निर्माण स्थानिय प्रविधि, सिप र सामाग्री प्रयोग गरी प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्साघर र एक शौचालयको व्यवस्था गरिने विभागले जानकारी दिएको छ ।

समग्र वस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधार अन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाई, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी मास्टर प्लान डिजाइन गरिएको हो । मन्त्रालयले उर्लाबारीको सम्भावित चार वटा स्थानहरु रातोहोली खोल्सीको जग्गा, बक्राहा खोला किनारा रातोहोली पारीको क्षेत्र, मावा खोला किनारा क्षेत्र तथा नारी शिल्प केन्द्रको जग्गामध्ये रातोहोली खोल्सीको जग्गामा सो वस्ती निर्माण गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL