Logo

पहिलो पटक भर्चुअल माध्यमबाट सार्वजनिक भयो जेसीबी एनएक्सटी २२१ एलसी स्काभेटर, यस्ता छन विशेषताहरु

पहिलो पटक भर्चुअल माध्यमबाट सार्वजनिक भयो जेसीबी एनएक्सटी २२१ एलसी स्काभेटर, यस्ता छन विशेषताहरु



काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालीले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्चुअल प्रविधिमार्फत आफ्नो नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ ।

कोभिड–१९ ले निम्त्याएको जोखिमलाई ध्यानमा राखेर गरिएको भच्र्युअल लन्चलाई जेसीबी नेपालको फेसबुक पेजमा लाइभ गरिएको थियो । नयाँ एक्साभेटर नेपालको कठोर भू–बनोटलाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै ‘नेक्स्ट लेभल फिचर’हरु पनि राखिएको छ ।

नयाँ जेसीबी एनएक्सटी २२१ एलसी २१। ५ टनको शक्तिशाली एक्साभेटर हो जसले १३०० आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ । पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट रहेको छ ।

साथै, यसका बुम, आर्म र बकेट सिलिन्डरमा एचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ । बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर १००० घन्टासम्म पु¥याउँछ । यसमा ७ इन्चको एलसीडी डिस्प्ले रहेको छ जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्ट जस्ता जानकारी दिन्छ ।

नयाँ एक्साभेटरमा एड्भान्स्ड टेलेम्याटिक सिस्टम लाइभलिंक जडान गरिएको छ जसले सर्भिस, अपरेसन र सेक्युरिटीबारे जानकारी राख्छ । यो मेसिनमा १० वटा वर्किङ मोड, आरामदायी र खुल्ला क्याबिन, शक्तिशाली एसी क्याबिन, डिलक्स अपरेटर सिट, रोटरी स्विच कन्ट्रोल जस्ता फिचर छन् ।

३६६० एमएम लामो ट्रयाक लेन्थ र ४४६० एमएम अन्डरक्यारिज ओभरअल लेन्थ भएको यो मेसिन बढी ‘स्टेबल’ छ । हाइड्रोलिक आयलको आयु पाँच हजार घन्टा र हाइड्रोलिक फिल्टरको आयु एक हजार किलोमिटर रहेको छ । फ्युल इफिसेन्सीका लागि यसको ‘अटो आइडल’ लाई पाँचदेखि ३० सेकेन्डसम्म एड्जस्ट गर्न मिल्छ । साथै यसमा इरर कोड र मल्टि कलर वार्निङ एलर्टसहितको एड्भान्स्ड सेल्फ डायग्नोसिस सिस्टम रहेको छ जसले ब्रेकर ओभरयुज, स्विङ लक, हाइड्रोलिक एक्युमुलेटर, इन्जिन एन्ड हाइड्रोलिक ओभरहिट जस्ता सूचना दिन्छ ।

यो मेसिन विशेषगरी नेपाली एक्साभेटर बजारलाई टार्गेट गरी निर्माण गरिएको भएकाले यसले मेसिनको उत्पादकत्व, फ्युल इफिसेन्सी, इन्टेलिजेन्स, कनेक्ट, रिलायबिलिटी, मेन्टेनेन्स, कम्फर्ट र सेफ्टीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । देश निर्माण कार्यमा यो नयाँ एक्साभेटरले ‘गेम चेन्जर’ सावित हुनेछ । हामीलाई विश्वास छ, नयाँ जेसीबी एनएक्सटी २२१ एलसी एक्साभेटरको पर्फमेन्स र विश्वसनीयताले ग्राहकको सन्तुष्टीलाई प्रत्याभुत गर्नेछ

प्रतिक्रिया दिनुहोस्
MBL