Logo

फास्ट ट्रयाक निर्माण नेपालले नै गर्न अर्थको निर्देशन, विमानस्थलमा पनि चासो

फास्ट ट्रयाक निर्माण नेपालले नै गर्न अर्थको निर्देशन, विमानस्थलमा पनि चासो


रक्षा रेग्मी
54
Shares

अर्थ समितिले काठमाण्डौ–तराई–मधेश जोड्ने फास्ट ट्रयाकको निर्माण जिम्मा नेपालीलाई नै दिन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेकोे बैठकले नेपालले लगानी गर्ने अवस्थामा फाष्ट ट्रयाक निर्माणको काम नेपाल आफैले गर्नुपर्ने निष्कर्ष सहित सो सम्बन्धि व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने दिएको हो ।

केही समय अघि पनि व्यवस्थापिका संसदको अर्थ समितिले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनी आइएल एन्ड एफएसलाई नदिन सरकारलाई निर्देशन दिएको छ । उक्त निर्देशनको अवज्ञा गर्दै गत हप्ता भौतिक योजना तथा निर्माण मन्त्री बिमलेन्द्र निधीले फाष्ट ट्रयाक निर्माणको जिम्मा भारती कम्पनीलाई दिनका लागि मन्त्री परिषदमा ठाडो प्रस्ताव लगेका थिए । फास्ट ट्रयाक निर्माण नेपालले नै गर्न सक्ने भएकाले भारतीय कम्पनीलाई नदिन निर्देशन दिइएको अर्थसमितिले जानकारी दिएको छ ।

‘नेपालले लगानी गर्न सक्ने अवस्था हुँदा हुँदै अन्य मुलुकलाई किन निर्माणको काम सुम्पन भन्ने आधारमा उपसमितिको अध्ययन प्रतिवेदनमा नेपालले ट्रयाक निर्माण गनुृपर्ने उल्लेख छ । यसलाई समितिले पारित गरेको छ’ उपसमितिको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा समितिले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाले नै गर्नुपर्ने भन्दै सरकारलाई निर्देशन दिएको हो ।

यता सरकारले पनि फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनी आइएल एन्ड एफएसलाई दिने वा नविदेन भन्ने विषयमा पुनरावलोकन गर्न मन्त्री स्तरिय छुट्टै कार्यदल बनाएको छ । उक्त कार्यदलले भारतीय कम्पनीले पेश गरेको प्रस्ताव ठिक छ वा छैन, त्यसको लागत, सम्झौताजस्ता विषयको अध्ययन गर्ने भएको छ । जसमा उपप्रधान तथा गृह मन्त्री वामदेव गौतम, अर्थ मन्त्री डा. रामशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधी रहेका छन् ।

समितिले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कामलाई तिब्रता दिन पनि दिर्नेशन दिएको छ । लामो समयसम्म पनि निर्माणको काम सुरु हुन नसकेको भन्दै जतिसक्दो छिटो निर्माण थालनी गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

यो पनि पढ्नुहोस……

फास्ट ट्रयाक पुनरावलोकमा लागि मन्त्रीस्तरिय कार्यदल गठन

प्रतिक्रिया दिनुहोस्
MBL