Logo

मेयर शाक्यले गरे चावहिलस्थित आकाशेपुलको उद्घाटन, विभिन्न पार्कहरुको अवलोकन

मेयर शाक्यले गरे चावहिलस्थित आकाशेपुलको उद्घाटन, विभिन्न पार्कहरुको अवलोकन



काठमाडौं । काठमाडौं महानगरपालिकाको चावहिलस्थित फलामबाट बनेको आकाशेपुल आजदेखि संचालनमा आएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज बिहान उक्त पुलको उद्घाटन गरेका हुन् ।

चावहिलको पुलको लागत ८२ लाख ६६ हजार ७ सय ८३ रुपैयाँ हो । बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको थियो । २०७६ कार्तिक २७ गतेनै सम्झौता गरेर काम थालनी गर्ने बेलामा सडक किनारा क्षेत्र कम भएकोले निर्माण कार्य हुन सकेको थिएन । जग्गाको समस्या समाधान गरेर माघ १६ गते पुलको शिलान्यास गरिएको थियोे । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ ।

यस्तै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ । महानगरका मेयर शाक्यका अनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् । उनले आवश्यक भएका अन्य स्थानमा पनि यस्तै आकाशेपुलको निर्माण गर्ने बताएका छन् ।

वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलका अनुसार यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक छ । प्रक्रिया यसका लागि प्रक्रिया अगाडि बढाइनेछ । आकाशे पुलले पैदल यात्रुलाई त सजिलो हुन्छ नै उनीहरुबाहेक दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै खुकुलो हुनेछ ।’

यस्तै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान विभिन्न पार्कहरुको पनि अवलोकन गरेका छन् । उनले कोरोना भाईरसको महामारीको समस्या समाधान गर्दै पार्क निर्माण र हरियाली प्रबर्धनलाई जोड दिएको बताए । उनका अनुसार काठमार्डाैं महानगरको वडा ६ मा मात्र करीब ८ करोड रुपैयाँ लागतमा २ वटा पार्क निर्माण भइरहेको छ ।

आज बिहान आकाशे पुलको उद्घाटन, वडा भवन र पार्क निर्माणस्थलको अवलोकनपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए । वडा ७ चावहिल चोकमा आकाशे पुलको उद्घाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा वडा ६ कार्यालय भवन निर्माण कार्यको प्रगति विवरणसमेत उनले लिएका छन् । यस्तै बागमतीनगर र शान्ति नमूना पार्क निर्माण स्थलको अवलोकन गरेपछि उनले महानगरका क्षेत्रगत काममध्ये आजको अवलोकन यात्रु सुरक्षा तथा ट्राफिक व्यवस्थापन, पार्क निर्माण र हरियाली प्रत्रर्धन कार्यक्रममा केन्द्रीत रहेको बताए ।

खुल्ला ठाउँलाई अहिले पनि जोगाउन सकिएन भने भोलि सहरले झन् ठूलो संकट व्यहोर्नुपर्ने हुन सक्छ । त्यसैले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने अभियान थालिएको उनको भनाई थियो ।

पैदल यात्रु सुरक्षाका लागि काठमाडौंका अन्य विभिन्न स्थानमा आकाशे पुल निर्माण गरिरहेको समेत उलने बताए । केही स्थानमा पिक एण्ड ड्रप लगायत अभियानबाट ट्राफिक व्यवस्थापनमा प्रयास गरेको उनको भनाई छ । यस्तै उनले नगरबासीले जग्गा उपलब्ध गराएमा पार्किङ भवन आफै बनाईदिने बताएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै स्थानीयले नै जग्गा दिएको खण्डमा पार्किङ भवन बनाउन सकिने उनको भनाई थियो ।

मेयर शाक्यले गरे चावहिलस्थित आकाशेपुलको उद्घाटन, विभिन्न पार्कहरुको अवलोकन
मेयर शाक्यले गरे चावहिलस्थित आकाशेपुलको उद्घाटन, विभिन्न पार्कहरुको अवलोकन
मेयर शाक्यले गरे चावहिलस्थित आकाशेपुलको उद्घाटन, विभिन्न पार्कहरुको अवलोकन
मेयर शाक्यले गरे चावहिलस्थित आकाशेपुलको उद्घाटन, विभिन्न पार्कहरुको अवलोकन
मेयर शाक्यले गरे चावहिलस्थित आकाशेपुलको उद्घाटन, विभिन्न पार्कहरुको अवलोकन

प्रतिक्रिया दिनुहोस्
MBL