Logo

पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवालीलाई कोरोना संक्रमण, बसे होम आईसोलेसनमा

पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवालीलाई कोरोना संक्रमण, बसे होम आईसोलेसनमा



काठमाडौं । राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ। ज्ञवालीले बिहीबार आफ्नो ट्विटर ह्यान्डलमार्फत आफूलाई केही लक्षण देखिएकाले परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी बताएका हुन् ।

laxmi

उनले अहिले होम आईसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेकोसमेत ट्विटरमार्फत जानकारी दिएका हुन् । ज्ञवालीले ट्वीटमा लेखेका छन्, ‘पुनर्निर्माणको काममा सक्रिय रुपमा लागिरहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड(१९ रिपोर्ट पोजेटिभ देखिएको छ । तसर्थ म होम आइसोलेनमा छु । र, स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्
MBL