Logo

जनकपुर-जयनगर रेलमा पनि कोरोना प्रभाव : संचालनको टुंगो लागेन, अन्य रेलमार्ग निर्माण पनि प्रभावित

जनकपुर-जयनगर रेलमा पनि कोरोना प्रभाव : संचालनको टुंगो लागेन, अन्य रेलमार्ग निर्माण पनि प्रभावित



काठमाडौं । चालु आर्थिक बर्षभित्रै संचालनमा ल्याउने भनिएको जनकपुर–जयनगर रेलसेवा तत्काल संचालन नहुने भएको छ । रेल बिभागका महानिर्देशक बलराम मिश्रका अनुसार कोभिड १९ (कोरोना भाईरस) का कारण नेपाल र भारतबीच हुने छलफललगायतका काम हुन नसक्दा उक्त रेलमार्गमा तत्काल रेल संचालन नहुने भएको हो ।

यसअघि बैशाख अघिनै रेल संचालनमा ल्याउने बताए पनि हाल कोरोना भाईरसले गर्दा एक आपसमा कुनै छलफल नभए पछि तत्काल रेल संचालन नहुने भएको विभागले जानकारी दिएको छ ।

अहिले भारत सरकारले सबै नाकाहरु बन्द गर्नुका साथै कुनै पनि देशसँग आवतजावत गर्न नदिए पछि भेटघाट छलफल गर्न नपाएको विभागका महानिर्देशक मिश्रले जानकारी दिएका छन । उनले भने, ‘अब तत्काल रेल संचालन गर्न सकिँदैन किनभने यो बिचमा भाईरसले गर्दा दुई देशबीच जे जति भेटघाट, छलफल हुनु पर्ने थियो त्यो हुन सकेन ।’

चालू आवभित्र रेल सञ्चालन गर्नेगरि काम गरिरहेको बिभागले तत्काल रेल संचालन गर्न नसके पनि कर्मचारी छनौटको काम भने नरोकिने जानकारी दिएको छ । यस अघि रेल सेवा सञ्चालनका लागि सरकारले २६ विदेशीसहित २२६ कामदार नियुक्ति प्रक्रिया थालिसकेको छ । यी काम भनेको दे भित्रै हुने भएकाले कर्मचारी छनौटको प्रकृया भने निरन्तर चलिरहने मिश्रले जानकारी दिएका छन ।

तर अन्य अध्ययन, डिपिआरलगायतको कामसमेत नहुने भएको छ । बिभागका महानिर्देशक मिश्रले तत्काल चिनियाँ नागरिक र कोरियन नागरिकलाई नेपाल प्रवेश गर्न नदिने भए पछि अन्य इन्जिनियरिङको काम समेत प्रभावित हुने भएको छ । उनले भने, ‘अहिले हामीसँग भएका केही चिनियाँ र कोरियन नागरिकबाट ति सबै काम गर्न सक्ने अवस्थामा छैन किने भने जे जति इन्जिनियरिङको काम गर्नु पर्ने थियो उनीहरु उतै लकडाउन भएर बसेको छ । यस्तो अवस्थामा हामी तिनिहरुलाई ल्याउन पनि त सक्दैनौं ।’

त्यस्तै चिनियाँ र कोरियन नागरिकहरु नेपाल आउन नसक्ने भए पछि काठमाडौंको नारायणगोपाल चोक, रत्नपार्क, सातदोबाटो हुँदै चल्ने मेट्रोरेलसम्बन्धीको डीपिआर तयार गर्ने कामसमेत प्रभावित हुने बिभागले जानकारी दिएको छ । यस अघि ति क्षेत्रको काम केही अघि बढेको भए पनि जव सम्म कोरोना भाईरस केही मथ्थर हुँदैन तव सम्म अघि बढ्न नसक्ने बिभागले जानकारी दिएको छ ।

त्यसतै काँकडभिट्टा–इनरुवा रेलमार्ग खण्डको विस्तृत अध्ययनका लागि चीन सरकारसँग सम्झौताको प्रक्रिया अघि बढेको भए पनि उक्त काम समेत रोकेको छ । वीरगञ्ज–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन कार्यका लागि भारत सरकारले बजेट समेत विनियोजन गरिसकेको थियो तर भारत सरकारले सबै लकडाउन गरे पछि ति कामहरु समेत स्थगित भएको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL