Logo

सडक विस्तारलाई निरन्तरता दिइने, रोपवे तथा केबुलकार निर्माण गरिदै

सडक विस्तारलाई निरन्तरता दिइने, रोपवे तथा केबुलकार निर्माण गरिदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

२४ असार, काठमाडौं ।  सरकारले आगामी आर्थिक बर्षमा पनि काठमाडौं उपत्यका सडक विस्तार कार्यलाई निरन्तरता दिने भएको छ ।

राष्ट्रपति रामवरण यादवले बुधवार प्रस्तुत गरेको आगामी आवको कार्यक्रम तथा नीतिमा यस्तो उल्लेख छ ।

त्यस्तै पोखराको चक्रपथ निर्माण कार्य शुरु गर्नुका साथै पोखरा उपत्यकाको विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने बताइएको छ । सरकारले आगामी आवमा सडक विस्तारको कार्यलाई अन्य प्रमुख सहरहरुका समेत लागु गर्ने भएको छ ।

त्यसैगरी  पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास सिमरा खण्ड निर्माण कार्यलाई निरन्तरता दिइने छ  । मेट्रो रेल,मोनोरेल, रोपवे, केवुलकार र जलमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा निर्माण कार्यलाई निजी लगानीकर्ताहरुको समेत संलग्नता अगाडि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL