Logo

काठमाडौमा पुर्वाधार सम्मेलन शुरु, नेपालाई लगानीको गन्तव्य बनाउन अर्थमन्त्रीको आग्रह

काठमाडौमा पुर्वाधार सम्मेलन शुरु, नेपालाई लगानीको गन्तव्य बनाउन अर्थमन्त्रीको आग्रह


रामराजा श्रेष्ठ
27
Shares

अर्जुन पोख्रेल

२५ कार्तिक काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । काठमाडौमा शुरु भएको नेपाल पुर्वाधार सम्मेलनमा बोल्दै महतले नेपालमा लगानीका लागि चाहिने सबै सर्त उपलब्ध भएकाले नेपाललाई लगानीको गन्तब्य बनाउन समेत अनुरोध गरे ।

DSCN2555

एसियामै नेपाल लगानीका लागि उत्कृट मुलुक भएकाले लगानी डुब्ने शंका नगर्न उद्धोगी ब्यापारीलाई महतले विश्वस्त पारे । ‘शान्ति सुरक्षा र कानुनी रुपले नेपाल लगानीका लागि उत्कृट छ,’ महतले भने, ‘ अबको दश बर्षमा नेपाल विश्वमै लगानीको उत्कृष्ट देश बन्नेछ ।’ उनका अनुसार अबको केहि हप्तामा अरुण तस्रो जलविद्धुत आयोजनाको लागि आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर , नागढूंगा-सितापाइला टनेलको काम शुरु, विशेष आर्थिक क्षेत्रको घोषणा लगायतका कामले नेपालमा तिब्र बिकासको संकेत दिएको छ । साथै स्वदेशका कामदारलाइ बिदेश पलायन हुन नदिन लचिलो श्रम एन ल्याउन लागिएको समेत उनको भनाइ थियो ।

DSCN2556

नेपाल उद्धोग परिसंघ (सीएनआइ) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्द पोख्रेलले नेपालमा लगानीका लागि सकारात्मक सोचको मात्र कमी रहेको बताए । कृषी पर्यटन ट्रान्सपोर्ट र उर्जा बिकासका लागी अनिवार्य पुर्वाधार भएको उनको भनाई थियो । साथै नेपालमा हुने यस्ता खालका सम्मेलनले पुर्वाधार विकासमा ठुलो टेवा पुग्ने उनले बताए ।

त्यस्तै भारतीय प्रोफेसर एबं नेपाल सम्बन्धी बिज्ञ एस डी मुनीले स्थाइ शान्ती र संबिधानले मात्र नेपालमा बिदेशी लगानी भित्रने बताए । मुनीले बिकासका लागी एकता भन्ने मुल भावना लिएर अगाडी बढेमा मात्र देशले आर्थिक गती लिने बिचार ब्यक्त गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका पुर्व अध्यक्ष उपेन्द्र महतोले बार्षिक २ बिलियन डलर लगानी गर्न सक्यो भने मात्र पनि नेपालमा धरै विकास हुने बताए । नेपाल बाहिर बसेपनि कमाएको सम्पत्ती नेपालमै लगानी गर्न महतोले अन्य एनआरएनलाई आग्रह गरे ।

कार्यक्रममा योजना आयोगका पुर्व उपाध्यक्ष शंकर शर्मा, नेपाल होटल सघका पुर्व अध्यक्ष योगेन्द्र शाक्य लगायतका बक्ताले नेपालको पुर्वाधारका क्षेत्रमा लगानी गर्न यो उत्तम समय रहेको भनाइ राखेका थिए । २ दिन सम्म चल्ने सम्मेलनमा नेपाल सहित ३५ देशका ५०० भन्दा बढी प्रतिनिधीको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL