Logo

२ तला भन्दा माथिका घर बनाउन रोक, मापदण्ड विपरितका पर्खाल यथाशिघ्र हटाउन निर्देशन

२ तला भन्दा माथिका घर बनाउन रोक, मापदण्ड विपरितका पर्खाल यथाशिघ्र हटाउन निर्देशन


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता
४ जेठ,काठमाडौं । भूकम्पका कारण ठूला घर भत्केको भन्दै सरकारले तत्कालका लागि २ तलाभन्दा माथि घर बनाउन रोक लगाएको छ । सोमबार स्थानीय विकास मन्त्रालयले सबै नगरपालिका र जिल्ला विकास समितिलाई परिपत्र जारी गर्दै २ तलाभन्दा माथि घर नबनाउन निर्देशन दिएको छ ।

साथै असार मसान्तसम्मका लागि घर निर्माण कार्यमा रोक लगाइएको र त्यसबेलासम्म भवन निमार्णको स्वीकृति पनि नदिइने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भूकम्पअघि निवेदन दिएर नक्सा पास भइसकेकालाई पनि काममा रोक्न उसले परिपत्र जारी गरेको हो ।

तर भूकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री घर बनाउन भने अनुमती दिइने बताइएको छ । तयो घर भने २ तलासम्मको हुनुपर्ने छ ।  साथै मन्त्रालयले मापदण्ड मिचेर बनाइएका र जोखिम युक्त पर्खाल जतिसक्दो चाडो भत्काउन पनि मातहतका निकायलाई निर्दैशन दिएको छ।

आगामी वर्षदेखि जग्गा प्लटिङ गर्दा ओपेन स्पेस राख्नुपर्ने प्रावधान पनि मन्त्रालयले अघि सारेको छ। मापदण्ड विपरित नक्सापास गर्ने कर्मचारीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ। भत्केका र असुरक्षित घर साउनपछि भत्काउने र माटो परीक्षणपछि कत्ति तलाको घर बनाउन दिने भन्ने विषयमा अनुमति त्यत्ति बेला नै दिइने मन्त्रालयले जनाएको छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL