Logo

साढे ३ अर्ब लगानीमा काठमाडौंमा खुल्ने भयो नयाँ बिजनेश कम्प्लेक्स

साढे ३ अर्ब लगानीमा काठमाडौंमा खुल्ने भयो नयाँ बिजनेश कम्प्लेक्स


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा नयाँ बिजनेश कम्प्लेक्स सञ्चालनमा आउने भएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १४ मा बिजनेश कम्प्लेक्स सञ्चालनमा आउने भएको हो । आधार मल्टी इनभेष्टमेन्ट प्रालीले त्यसका लागि उद्योग विभागसँग स्वीकृति समेत लिइसकेको छ ।

नरेन्द्र बज्राचार्य समेतको लगानीमा सो कम्प्लेक्स सञ्चालनमा ल्याउन लागिएको उद्योग विभागले जानकारी दिएको छ ।

कम्पनीले बिजनेश कम्प्लेक्स निर्माण तथा सञ्चालन गर्ने उद्देश्यसहित उद्योग विभागका प्रस्ताव गरेकोमा विभागले पारित गरेको जानकारी दिएको छ ।

जम्मा पूँजी ३ अर्ब ५६ लाख रुपैयाँ लगानीमा बिजनेश कम्प्लेक्स सञ्चालनमा आउने भएको उद्योग विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुँईटेलले जानकारी दिए ।

त्यस्तै कम्पनीको स्थिर पूँजी ३ अर्ब ४८ लाख रुपैयाँ र चालु पूँजी ६ करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीले करिव ७७ हजार स्क्वायर फिटमा कम्प्लेक्स निर्माण गर्न लागेको हो ।

कम्प्लेक्स सञ्चालनमा आएसँगै ९७ जनाले रोजगाी पाउने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL