Logo

यसरी हुँदैछ नारायणगढ मुग्लिन सडकखण्ड बिस्तार, तस्विर सहित

यसरी हुँदैछ नारायणगढ मुग्लिन सडकखण्ड बिस्तार, तस्विर सहित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड निर्माण कार्य तिव्र रुपमा अगाडी बढेको छ । हाल सडक कालोपत्रे गर्ने तथा पुलको जग खन्ने काम शुरु भएको नारायणगढ मुग्लिन सडक परियोजनाले जानकारी दिएको छ ।

सोमबार रामनगर बजारको १५ किलोमिटर सडकमा कालोपत्रे गर्न लागेको बताएको छ । आयोजनाका अनुसार हालसम्म ६२ दशमलब २० प्रतिशत सडक विस्तारको काम सम्पन्न भएको छ ।

२०६४ भित्रै कालोपत्रे सम्पन्न गरेर आगामी बर्ष जनतालाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यसहित तिव्र गतिमा काम शुरु गरिएको जानकारी आयोजनाले दिएको छ ।

नारायणगढ मुग्लिन सडक विस्तारको काम सन् २०१५ अप्रिल १९ तारिखबाट काम थालिएको हो । उक्त ३३ किलोमिटर सडक फराकिलो बनाउने कामका लागि आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा

नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका हुन् ।
विश्व बैंकले सो सडकखण्ड विस्तारका लागि रु २अर्ब ९० करोडको आर्थिक सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL