Logo

सुनकोशी नदीमा बेलिब्रज जडान शुरु, पुसदेखि संचालनमा

सुनकोशी नदीमा बेलिब्रज जडान शुरु, पुसदेखि संचालनमा


बिजखबर संवाददाता
0
Shares

उदयपुर । सुनकोशी नदीमा बेलिब्रिज जडान शुरु गरिएको छ । गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको हो ।

गत जेठ महिनामा सुनकोशी नदीको पानीको बहाव बढेसँगै उक्त बेलिब्रिज खोलिएको थियो । तर अहिले नदीमा पानीको बहाव घटेसँगै पुनः पुल जडान गर्न थालिएको हो ।

आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्ष्य अनुरुप बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको उक्त पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रेमकुमार कार्कीले बताए ।

कार्कीका अनुसार ५० मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त पुलबाट पुसको पहिलो हप्तमै यातायात चालु गरिने भएको छ । सुनकोशी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण नहुँदा लामो समयदेखि गाईघाट दिक्तेल सडक मार्गमा हिउँदमा बेलिब्रिज जडान गरेर यातायात सञ्चाल गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL