Logo

दैलेखमा पेट्रोलियम उत्खनन्का लागि जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषदको स्वीकृति, यस्ता छन् अन्य निर्णय

दैलेखमा पेट्रोलियम उत्खनन्का लागि जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषदको स्वीकृति, यस्ता छन् अन्य निर्णय



काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दैलेखमा पेट्रोलियम खानी उत्खन्नका लागि आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गरेको हो ।

laxmi

आयोजनामा अन्तिम ड्रिलिङ गर्ने क्रममा निस्कने माटो, चट्टानलगायत विसर्जन गर्न जग्गा अधिग्रहणका लागि स्वीकृति माग गरिएको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले निर्णय गरिदिएको हो ।
यस्तै मन्त्रिपरिषद बैठकले योलगायत अन्य १४ निर्णयहरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL