Logo

निर्माण व्यवसायी र भौतिक मन्त्रीबीच भेट, आयोजना समयमै सम्पन्न गर्ने प्रतिवद्धता

निर्माण व्यवसायी र भौतिक मन्त्रीबीच भेट, आयोजना समयमै सम्पन्न गर्ने प्रतिवद्धता



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र निर्माण व्यवसायीबीच छलफल भएको छ । मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा बिभिन्न आयोजना प्रमुखसहितको सहभागितामा निर्माण व्यवसायीबीच मन्त्रालयमा एक संयुक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रियामा अमुकअमुक सडक आयोजनाका निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भएगरेका सहज र जटिलताबारे मौखिक रुपमा वस्तुपरक प्रतिवेदन प्रस्तुत गरे । उनीहरुले त्यहाँ आ–आफना ठेक्कामा रहेका आयोजनाहरु तत् तत्समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अन्तरक्रियामा सहभागी आयोजनाका निर्माण व्यवसायीले स्पष्ट समयसीमा तोकेर नै कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले विकास निर्माणलाई अनिवार्य महत्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी रहेको बताए । साथै अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न पनि जरुरी रहेको उनको भनाई छ । त्यसलाई चिर्ने गरी निर्माण व्यवसायीको प्रतिष्ठा र गुणस्तरीय विकास हामी सबैको साझा विषय हो, हामी सिस्टमअन्तर्गत रही विकास निर्माणमा अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL