Logo

मेलम्चीको पानीका लागि दोस्रो चराणमा वितरण सञ्जाल निर्माण, असार मसान्तसम्म सम्पन्न हुने

मेलम्चीको पानीका लागि दोस्रो चराणमा वितरण सञ्जाल निर्माण, असार मसान्तसम्म सम्पन्न हुने



काठमाडौं । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले ७ सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७ सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उनको भनाइ थियो ।

वितरण सञ्जालमा ४ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा/रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्टि/म्स्कु/मार/सिएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी मण्डिखाटार क्षेत्रमा टुँडी कन्स्ट्रक्सनले वितरण सञ्जाल निर्माणको काम गरिरहेको छ । कपन क्षेत्रमा भने लिपेल÷शैलुङ जेभीले काम गरिरहेको छ । ७ अर्ब ३६ करोड ३ लाख ८४ हजार रुपैयाँको लागतमा दोस्रो चरणको ७ सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो ।

निर्देशनालयले पहिलो चरणमा १ हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये ५ सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL