Logo

अब घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने, लाइसेन्सविना कारोबार गरे १० लाखसम्म जरिवाना

अब घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने, लाइसेन्सविना कारोबार गरे १० लाखसम्म जरिवाना



काठमाडौं । अब घरजग्गाको कारोबार गर्नका लागि लाइसेन्स लिनुपर्ने भएको छ । संसदमा पेश गरिएको ‘केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मालपोत ऐन २०३४ संशोधन गर्दै उक्त कुरा उल्लेख गरिएको छ ।

ऐनका दफा २६ को ‘क’ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकेको समयभित्रमा सोही सूचनामा उल्लेख भएबमोजिमको सिमाभन्दा बढी क्षेत्रफलको घरजग्गा कारोबार गर्न इजाजतपत्र लिनुपर्ने उल्लेख गरिएको छ ।

उक्त इजाजतपत्रका लागि ईच्छुक कम्पनीले राजपत्रमा तोकिएबमोजिमका कागजपत्रसहित निवेदन दिनुपर्ने बताईएको छ । उक्त लाइसेन्सको अवधि ५ बर्षसम्म हुने भएको छ । यदि लाइसेन्स नलिई तोकिएको क्षेत्रफलभन्दा बढी घरजग्गाको कारोबार गरेको खण्डमा १० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने कुरा पनि ऐनमा उल्लेख गरिएको छ । लाइसेन्स नविकरण नगराएमा, लाइसेन्स लिने बेलामा झुट्ठा विवरण पेश गरेमा उक्त लाइसेन्स खारेज गर्न सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL