Logo

नागढुंगा नौविसे सुरुङमार्गको ३७ प्रतिशत काम सम्पन्न, सुरुङ जोड्न फ्लाईओभर बनाउने काम अघि बढयो

नागढुंगा नौविसे सुरुङमार्गको ३७ प्रतिशत काम सम्पन्न, सुरुङ जोड्न फ्लाईओभर बनाउने काम अघि बढयो



काठमाडौं । काठमाडौं प्रवेश गर्ने मूख्य नाका थानकोट छल्ने नागढुंगा नौविसे सुरुङमार्गको २७ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका अनुसार हालसम्म मूख्य सुरुङमार्ग, इभ्याकुएसन सुरुङ, एप्रोच पुल तथा सडकको भौतिक प्रगति २७ प्रतिशत पुगेको हो ।

laxmi

हालसम्म मुख्य सुरुङमार्ग पूर्व र पश्चिमतर्फबाट कुल ७ सय ३६ मिटर खनिएको छ । यो कुल २ हजार ६ सय ८८ मिटर खन्नुपर्ने छ । यस्तै २ हजार ५ सय ५७ मिटर खन्नुपर्ने इभ्याकुएसन टनेल भने हालसम्म १ हजार २ सय ७६ मिटर खनिसकिएको आयोजनाले जानकारी दिएको छ ।

उक्त सुरुङमार्गमा इभ्याकुएसन र मुख्य गरी ५ हजार ४ सय ९९ मिटर सुरुङ खन्नपर्ने छ । यस्तै १ सय २८ मिटर क्रस प्यासेज पनि खन्नुपर्ने बताईएको छ । जसको प्रगति हालसम्म ४३ मिटर भएको छ ।

सुरुङमार्गलाई मुख्य सडकसँग जोड्नका लागि आयोजनाले २ ओटा अण्डरपास, ४ ओटा कलभर्ट, १ ओभरपास, ३ ओटा पुल, १ फ्लाईओभर पनि निर्माण गर्नुपर्ने छ । उक्त ११ ओटा संरचनामध्ये हालसम्म ८ संरचना निर्माण सम्पन्न भईसकेका छन् । जसमा फ्लाईओभरका लागि जग्गा अधिग्रहण गर्ने काम भईरहेको छ भने अन्य कामहरु अघि बढिसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL