Logo

जाडो बढे पनि बढेन ज्याकेटको व्यापार, यस्तो छ नेपाली बजारमा ज्याकेटको मूल्य ?

जाडो बढे पनि बढेन ज्याकेटको व्यापार, यस्तो छ नेपाली बजारमा ज्याकेटको मूल्य ?



काठमाडौं । केही दिनयता जाडो ह्वात्तै बढेको छ । शनिबार बिहान काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियसमा ओर्लिसक्यो । काठमाडौंमा मात्र होइन देशको प्रायः सबै भागमा चिसोको कहर बढिरहेको छ ।

laxmi


सर्वसाधणलाई जाडोको मौसम गाह्रो भएपनि व्यापरीका लागि भने जाडो मौसम व्यापारका लागि सुनौलो अवसर हो । अझ जाडो लागेपछि ज्याकेटको व्यापार विशेष हुने गर्दछ । तर, बजारमा न्यानो कपडाको माग भने खासै नभएको सम्बद्ध कपडा ब्यवसायीहरुको गुनासो रहेको छ । नेपाली बजारमा कति मूल्यको ज्याकेट विक्री हुन्छ भन्ने आधिकारिक र निशिच तथ्यांक छैन । नेपालमा धेरैजासे ज्याकेट बिदेशबाट आयात हुने गर्छ भने पछिल्लो समय नेपालमै पनि उल्लेख्य रुपमा गार्मेन्टहरुले ज्याकेट उत्पादन गरिरहेका छन ।


बिशेष गरि युवावर्गमा कोरियन डिजाइनका फिटिङ लेदर ज्याकेट, लङ कोट–उनी स्वेटर, डाउन ज्याकेट लोकप्रिय छन भने वयस्कहरु भने क्याजुअल आउटफिट मन पराउँछन् । कपडा व्यापारीले यसलाई मध्यनजर गर्दै सबैका लागि उपयुक्त हुने नयाँ–नयाँ मोडेलका न्याना कपडा तथा ज्याकेट पसलमा सजाइसकेका छन् । तर, विगत बर्षहरुमा झै यस बर्ष जाडो छल्नका लागि त्यस्ता कपडा खरिद गर्ने ग्राहकहरु अहिलेसम्म बजारमा नदेखिएको ब्यवसायीहरु बताउँछन । विशेष गरि जाडो लागेपछि काठमाडौंका न्यूरोड, ठमेल, तथा विभिन्न सुपरमार्केटहरुमा ग्राहकहरुको ज्याकेट किन्न चाप हुन्छ ।

भूकम्प आउनु अघि जाडोयाममा जति ब्यापार हुन्थ्यो त्यो भन्दा पछिका बर्षहरुमा ब्यापार हुन नसकेको ठमेलका ब्यापारी बद्री अधिकारी बताउँछन । जाडो महिनाकै लागि भनेर अहिले मानिसहरुले खासै कपडा नकिन्ने समेत उनले बताए । अधिकारीले भने, ‘हामी कहाँ आउने भनेको नेपाली ग्राहकनै हुन । कुनै विदेशीले आएर किन्ने होईन । तर, पछिल्लो बर्षहरुमा ज्याकेट, स्वीटर जस्ता सामग्रीहरु बिक्री हुन छाडेका छन ।’ त्यस्तै नर्थफेस ज्याकेट उत्पादन गरिरहेका अर्जुन नेपालीले पनि केही बर्ष यता ज्याकेटहरु बिक्री हुन छोडेको बताउँछन । ‘पहिला राम्रो ब्यापार थियो तर पछिल्लो केही बर्षदेखि ब्यापार छैन,’ उनले भने, ‘अहिले दैनिक ८÷१० ओटा ज्याकेट बिक्री गर्न पनि गाह्रो भईरहेको छ ।’


बजारमा पाईने ज्याकेटहरुको मूल्य क्वालिटी अनुसार निर्धारण हुन्छ । सामान्यतया १ हजार देखी ७०/८० हजार रुपैयाँ पर्ने ज्याकेटहरु नेपाली बजारमा पाइन्छन । तर, आफुले खरिद गर्दा कुन ज्याकेट कस्तो हो भनेर चिन्नु पर्ने विक्रेताहरु बताउँछन् ।

अहिले बजारमा जाडोका लागि सयौं ब्राण्डका न्यानो कपडाहरु उपलब्ध रहेका छन । नर्थफेस, शेर्पा गियर, सोनाम गियर, माउन्टेन हार्डवेयरजस्ता ब्राण्डहरु बिशेष गरि पर्यटन क्षेत्रमा बढी चल्ने ब्राण्ड हुन् । यी ब्राण्ड ट्रेकिङमा जानेहरुले बढी खरिद गर्ने र उनीहरुले राम्रो–नराम्रो के हो त्यो पनि चिन्ने विक्रेताहरुको भनाई छ ।

बजारमा विभिन्न मूल्य गुणस्तरका ज्याकेट भएकाले ग्राहकहरुले ज्याकेट किन्दा कपडाको गुणस्तर बुझेर र राम्ररी छानेर किन्न सके न्यानो र टिकाउ हुने व्यवसायीहरुको सुझाव छ । सस्तो भनेर जस्तो पाए तेस्तो किन्दा ज्याकेट नटिक्ने र न्यानो पनि नहुने भएकाले ज्याकेट किन्दा विशेष ध्यान पुर्याउन जरुरी हुने ज्याकेट व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL