Logo

ग्रामिण दूरसंचार कोषमा ६९ कम्पनीले बुझाए रकम, २ ठुला सेवाप्रदायकको मात्रै १ अर्ब ८० करोड योगदान

ग्रामिण दूरसंचार कोषमा ६९ कम्पनीले बुझाए रकम, २ ठुला सेवाप्रदायकको मात्रै १ अर्ब ८० करोड योगदान



काठमाडौं । ग्रामिण दूरसंचार कोष (आरटिडिएफ) मा २ ठुला दूरसंचार सेवाप्रदायक मात्रै १ अर्ब ८० करोड रुपैयाँ जम्मा गरेका छन । ग्रामिण क्षेत्रमा दूरसंचार सेवा विस्तार गर्नका लागि एनसेल र नेपाल टेलिकमले मात्रै उक्त बराबरको रकम कोषमा जम्मा गरेका हुन ।

laxmi

जसमा एनसेलले १ अर्ब १० करोड रुपैयाँ जम्मा गर्दा नेपाल टेलिकमले भने ७० करोड रुपैयाँ कोषमा जम्मा गरेको हो । यस्तै अर्काे ठुलो दुरुसंचार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले भने १ करोड ४१ लाख रुपैयाँ मात्रै कोषमा जम्मा गरेको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार गत आर्थिक बर्ष सकिएको ३ महिनाभित्रमा दूरसंचार सेवाप्रदायक र ईन्टरनेट सेवाप्रदायकले बुझाउनुपर्ने उक्त रकम प्राधिकरणमा बुझाएका हुन ।

दूरसञ्चार ऐन अनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चार पूर्वाधार निर्माण र सेवा विस्तारका लागि हरेक सेवा प्रदायकले आफ्नो वार्षिक कूल आम्दानीको २ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

दूरसंचार प्राधिकरणका अनुसार हालसम्म विभिन्न ६९ ओटा सेवाप्रदायकले आफ्नो कुल आम्दानीको २ प्रतिशतका दरले ग्रामिण दूरसंचार कोषमा १ अर्ब ९५ करोड रुपैयाँ जम्मा गरेका छन ।

यस्तै ईन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ५ करोड ५० लाख रुपैयाँ बुझाउँदा सुबिसु केबल नेटले भने २ करोड ६८ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ । यस्तै अन्य सेवाप्रदायकले पनि आफ्नो आम्दानी अनुसारको रकम कोषमा जम्मा गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL