Logo

सिम्रिक एयरले प्राधिकरणलाई बुझायो कागजात, आजैदेखि उडान भर्ने तयारी

सिम्रिक एयरले प्राधिकरणलाई बुझायो कागजात, आजैदेखि उडान भर्ने तयारी



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सिम्रिक एयरले आवश्यक कागजात बुझाएको छ । मंगलबार देखी उडानमा रोक लगाए पछि बिहीबार कागजपत्र बुझाएको हो ।

प्राधिकरणले जहाजको पार्टपुर्जामा गम्भीर लापरबाही गरेको भन्दै मंगलबार देखी सिम्रिकको सबै जहाज उडानमा रोक लगाएको थियो । कागजपत्रहरु बुधबारनै बुझाउन तयारी गरे पनि समय अभावका कारण बुझाउन नसकिएको कम्पनीका मार्केटिङ चिफ तथा प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिएका छन ।

प्राधिकरणको उडान सुरक्षा विभागले प्राधिकरणबाट स्वीकृति प्राप्त नभएका पार्टपुर्जा जहाजमा प्रयोग गरेको भेटेपछि मंगलबार देखी सिम्रिकको जहाज उडानमा रोक लगाएको थियो ।

विभागका ह्देशराज पन्तका अनुसार चित्तबुझ्दो जवाफ आए बिहीबार दिउँसो देखिनै जहाज उडान गर्न दिने छन । ‘जब सम्म चित्तबुझ्दो जवाफ आउँदैन तव सम्म जहाज उडन दिँदैनौं ।’ उनले भने, ‘अहिले भर्खरै कागजपत्रहरु आईपुगेको छ हामी ति कागजपत्रहरु सबै अध्ययन गरेर मात्रै के गर्ने भनेर भन्न सक्छौं तर अहिले भने केही भन्न सकिँदैन ३ बजे पछि मात्रै थाहा हुन्छ ।’

सिम्रिकले हाल १९ सिट क्षमतायुक्त ‘बिचक्राफ्ट १९००सी’ सिरिजका दुई जहाजमार्फत काठमाडौंबाट पोखरा, भरतपुर र माउन्टेन फ्लाइट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL