Logo

नेपाल टेलिकमको सेवाः हालसम्म नेटवर्क नपुगेका स्थानमा पनि फोरजी

नेपाल टेलिकमको सेवाः हालसम्म नेटवर्क नपुगेका स्थानमा पनि फोरजी



काठमाडौं । नेपाल टेलिकमले आगामी १ बर्षभित्रमा आफ्ना कुनै पनि नेटवर्क नपुगेको स्थानमा पनि फोरजी सेवा पुर्याउने भएको छ । टेलिकमले देशभर पुर्याउने भनेको फोरजी सेवा हालसम्म कुनै पनि नेटवर्क नपुगेको स्थानमा पनि पुग्ने भएको छ । नेपाल टेलिकमले पछिल्लो पटक विस्तार गर्न लागेको उक्त फोरजी सेवा हालसम्म कुनै नेटवर्क सुविधा नपुगेका स्थानमा पनि चल्ने नेपाल टेलिकमले जानकारी दिएको छ ।

laxmi

हालसम्म रहेका विभिन्न बीटीएस टावरमा तथा अन्य ६ सय ४० स्थानमा नयाँ टावर स्थापना गरी फोरजी सेवा संचालन गर्ने टेलिकमको योजना रहेको छ । टेलिकमले आगामी बर्ष नेपालका हरेक स्थानीय तहसम्म फोरजी सेवा संचालन गर्ने गरी काम अघि बढाईरहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार हाल टुजी तथा थ्रीजी सेवा नपुगेका स्थानमा समेट एकैचोटी फोरजी सेवाको पहुँच हुनेछ ।

टेलिकमले ६५ लाख जनतासम्म पहुँच पुग्नेगरी फोरजी सेवा संचालन गर्न लागेको हो । हाल सेवा संचालन गरिरहेका बीटीएस टावरबाट मात्रै ८५ प्रतिशत जनतासम्म फोरजी सेवा पुर्याउन सकिने टेलिकमले जानकारी दिएको छ । सोही अनुसार बीटीएस टावर आवश्यक अन्य स्थानमा निर्माण गरिए नेपालका हरेक स्थानीय तहमा फोरजी सेवा पुग्नेछ । टुजी तथा थ्रीजीको भन्दा फोरजीको कभरेज क्षमता बढी हुने भएकाले एकै स्थानबाट टाढासम्म पनि सिग्नल जाने र सबै स्थानमा सेवा पुग्ने टेलिकमका सिनियर ईन्जिनियर सुसन श्रेष्ठले जानकारी दिएका छन । टेलिकमले नेपालभर उक्त सेवा पुर्याउन २ कम्पनीलाई कामको जिम्मा दिएको छ ।

कम्पनीको फोरजी नेटवर्क विस्तार अन्तरगत कोर नेटवर्क विस्तार गर्ने जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले आफ्नो जिम्मको ६० प्रतिशत काम सम्पन्न गरिसकेको छ । ‘जेडटीईले नेपालभरका विभिन्न ५ स्थानमा कोर नेटवर्क जडान गर्ने जिम्मा पाएको थियो,’ टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले भने, ‘पाँचै स्थानमा कोर नेटवर्क जडान गरिसकेकाले हाल उक्त नेटवर्कको सफ्टवेयर टेस्टिङको काम हुँदैछ ।’ जेडटीईले काठमाडौं, हेटौडा, बुटवल, नेपालगंज र विराटनगरमा कोर नेटवर्क विस्तार गरिसकेको छ ।

यस्तै रेडियो एक्सेस नेटवर्क (र्यान) विस्तार गर्ने जिम्मा पाएको सीसीएआई हङकङले भने हाल विभिन्न स्थानमा साईट सर्भेको काम गरिरहेको छ । कम्पनीले नेपालभरका प्रमुख स्थानहरुमा नयाँ बिटिएस टावर निर्माण गर्ने, नयाँ टावर आवश्यक नपर्ने स्थानका पुरानै टावरमा फोरजीका लागि आवश्यक उपकरण जडान गर्ने लगायतका काम यसैबर्षको जुन पछि मात्रै अघि बढाउने टेलिकमले जानकारी दिएको छ । कम्पनीले विभिन्न ६ सय ४० स्थानमा नयाँ बीटीएस टावर निर्माण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL