Logo

सीआरजे ७०० जहाज ल्याउँदै सौर्य, फेब्रुअरिबाट उडान भर्ने

सीआरजे ७०० जहाज ल्याउँदै सौर्य, फेब्रुअरिबाट उडान भर्ने



काठमाडौं । सौर्य एयरको जहाजले फेब्रुअरिबाट उडान गर्ने भएको छ । हाल एक मात्र जहाजबाट उडान गर्दै आईरहेको उक्त कम्पनीले जहाज थप गर्दै उडान भर्न लागेको हो ।

कम्पनीका विमानस्थल प्रवन्धक बिनोध मिश्रले भने एउटा मात्रै जहाजबाट उडान भर्ने हो भने कम्पनी बन्द गरे पनि हुन्छ । अव एउटा मात्रै हैन हामी अरु थप जहाज खरिद गरेर उडानलाई प्रभावकारी रुपमा अगाडी बढाउँदै छौं उनले भने ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले भने विमानस्थललाई बक्यौता रकम तथा विलम्ब शुल्क नबुझाएको भन्दै करिब ४५ दिन अगाडी देखी जहाजलाई ग्राउण्डेडमा राखेको छ ।

कम्पनीले मंगलबारबाटै उडान भर्ने तयारी गरे पनि प्राविधिक रुपमा उडान भर्न नसकिने विमानस्थल प्रवन्धक मिश्रले जानकारी दिएका हुन । तर जनवरी भित्र विमानस्थलको सबै रकम चुक्ता गरेर हामी विमान संचालनमा ल्याउँछौं उनले भने ।

कम्पनीले हाल विमानस्थललाई बक्यौता बापतको बुझाउनु पर्ने रकम करिब २ करोड ३७ लाख रुपैयाँ भए पनि विलम्ब शूल्क पार्किङ शुल्क लगायत गरि करिब ४ करोड रुपैयाँ पुगेको विमानस्थलले जानकारी दिएको छ ।

लामो समय सम्म जहाज ग्राउण्डेड भए पछि नयाँ लगानीकर्ता घनश्याम अधिकारी समूह तथा थप अर्को नयाँ समुह समेत भित्र्याई जहाज संचालनमा ल्याउन लागेको सौर्य एयरले जानकारी दिएको छ ।

३ समुहको लगानीसँगै सौर्यले केही महिना भित्रै ७० सिट क्षमता भएको सीआरजे ७०० जहाज ल्याउने तयारी भईरहेको समेत मिश्रले जानकारी दिएका छन ।

हाल बमबार्डियर सीआरजे २०० जेट विमानले भने विराटनगर, भैरहवा, भद्रपुर, नेपालगन्ज र धनगढीमा उडान भर्दै आएको थियो । नयाँ जहाज भित्रियसँगै उडान गन्तब्य पनि थप गर्दै जाने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL