Logo

एक बर्षमा टेलिकमको सम्पत्ति आठ अर्ब बढ्यो, कुल सम्पत्ति एक खर्ब २९ अर्ब नाघ्यो

एक बर्षमा टेलिकमको सम्पत्ति आठ अर्ब बढ्यो, कुल सम्पत्ति एक खर्ब २९ अर्ब नाघ्यो



काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को एक वर्षमा आठ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति थपिएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमको कुल सम्पत्ति  एक खर्ब २९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा कम्पनीको कुल सम्पत्ति एक खर्ब २१ अर्ब ६० करोड रुपियाँ थियो ।

गत आवमा कम्पनीको स्वामित्व तथा दायित्व एक खर्ब २९ करोड अबए ७२ करोड रुपैयाँ पुगेको छ । स्वामित्ज अन्तर्गत टेलिकमको सेयर पूँजी १५ अर्ब र बैंकहरुमा ८३ अर्ब ४७ करोड रुपैयाँ रिजर्भ रहेको छ ।

टेलिकमले गत आवमा गरेको कुल ४५ अर्ब ५६ करोड रुपियाँ आम्दानीमध्ये सेवा विक्रि बापत ३९ अर्ब ३२ करोड र अन्य शीर्षकबाट ६ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको कुल खर्च एक वर्षमा केवल ६४ करोड रुपैयाँमात्र बढेको छ । गत आवमा टेलिकमको कुल खर्च २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । त्यसको अघिल्लो आवमा यस्तो खर्च २४ अर्ब १ करोड रुपैयाँ थियो । यस अवधिमा कम्पनीको सबैभन्दा धेरै सञ्चालन तथा मर्मत तर्फ ६ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ । त्यस्तै त्यसपछि व्यक्तिगत खर्च ६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले साढे ४५ अर्ब आम्दानी गर्दा खुद नाफा भने बढाएर १५ अर्ब ६६ करोड रुपियाँ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL