Logo

यसरी चिटिक्क सजियो ट्राफिक आइल्याण्ड, मेयरले गरे अवलोकन

यसरी चिटिक्क सजियो ट्राफिक आइल्याण्ड, मेयरले गरे अवलोकन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौंका अस्तव्यस्त ट्राफिक आइल्याण्डहरु यतिबेला चिटिक्क सजिन थालेका छन् । काठमाडौं महानगरपालिकाले शहरलाई सुन्दर बनाउन तथा हरियाली बढाउन भन्दै आइल्याण्ड सजाउन थालेको हो । शहिदगेट, न्यूरोडगेट देखि जमल,रत्नपार्कका आइल्याण्डहरुमा अहिले फुल फुलाउन थालिएको छ ।

त्यस्तै दुबो र विरुवा रोपेर हरियाली समेत बनाउन थालिएको हो । यसैक्रममा आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको टोलिले ट्राफिक आइल्याण्डका निर्माणाधिन बगैचाको अवलोकन गरेका छन् । सो अवसरमा उनले फूल रोप्दा चुड्छन्, मर्छ भन्ने मानसिकता हटाएर काम गर्नुपर्ने बताए ।

साथै उनले एउटा आइल्याण्ड एउटा नर्सरीलाई दिएर उनीहरुबीच कुन राम्रो भन्ने प्रतिशपर्धा गराउनुपर्ने जानकारी दिए । ‘नर्सरीलाई यसमा सहभागी गराउन पाए उनीहरुको पनि बिज्ञापन जस्तो हुन्थ्यो’, शहर पनि हराभरा देखिन्थ्यो ।’

त्यस्तै समुदायले सहकार्य गर्न लागेको अवस्थामा उनीहरुसँग मिजीजुली काम गर्ने उनले जानकारी दिए । अवलोकनका क्रममा ट्रि गार्डहरु भाचिएको तथा, त्यसभित्र फोहोर थुपारिएको पाइएको भन्दै तत्काल त्यसको सदुपयोग गर्न वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठलाई निर्देशन दिए ।

मेयर शाक्यले तत्काल २५ आइल्याण्डहरुमा फूल रोप्न निर्देशन दिए ।ट्राफिक आइल्याण्डमा फोहोर थुप्रन थालेको भन्दै महानगरपालिकाले त्यसलाई व्यवस्थित गर्न लागेको हो ।

अवलोकनका क्रममा मेयर शाक्यले सडकपेटीहरु महानगरलाई जानकारी नदिइ भत्काएको भन्दै सम्बन्धित निकायले नै बनाउनुपर्ने बताए । ‘हामीले पेटी बनाएको धेरै समय भएको छैन, हिड्न नहुने भइसक्यो’ उनले भने ‘अव जसले भत्कायो उसले बनाउनु पर्छ ।’ त्यस्तै ट्राफिक प्रहरीले महानगरलाई सहयोग नगरेको गुनासो उनको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL