Logo

पेट्रोलियम आयात सम्झौताका लागि सरकारी टोलि चीन जाँदै

पेट्रोलियम आयात सम्झौताका लागि सरकारी टोलि चीन जाँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पेट्रोलियम आयातको व्यापारिक सम्झौता गर्न नेपाली टोलि शुक्रवार आज  चीन प्रस्थान गर्ने भएका छन् । वाणिज्य मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा ७ सदस्यीय टोलि चीन् प्रस्थान गर्न लागेका हुन् ।

चीनले सम्झौता गर्न बोलाएकोले भोली नै चीन जान लागेको वाणिज्य तथा आपूर्ति मन्त्री गाणेशमान पुनले जानकारी दिए । पेट्रोलियम सम्झौता गर्न अर्थ, कानुन, परराष्ट्र मन्त्रालय, वाणिज्य विभाग र नेपाल आयाल निगमका पदाधिकारीहरु जाने भएका हुन् ।

हाल सस्तो मुल्यमा पेट्रोलियम आयातका लागि छलफल भइरहेको हुँदा एकदमै कम मुल्यमा पेट्रोलियम आयात गरिने पुनले जानकारी दिए । ‘हामीले पेट्रो चाइना तथा त्यहाँका अन्य व्यवसायीसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘तत्कालका लागि ढुवानीले गर्दा केही समस्या उत्पन्न भएपनि दिर्घकालमा एकदमै सस्तो पर्ने छ ।’
पेट्रोलियम लगायतका अन्य अत्यवश्यक बस्तुमा एकदेशको मात्र भरपर्दा समस्या भएको जानकारी दिँदै दास्रो मुलुकसँग तत्काल व्यापारिक सम्झौता गर्न लागिएको उनको तर्क थियो । ‘हामी पेट्रोलियम मात्र नभइ अन्य बस्तुमा आयातका लागि पनि तेस्रो मुलुकसँग सम्झौता गछौं,’ उनले भने ।

पुनका अनुसार सरकारले पारवहन अधिकारको प्रयोग गर्दै बंगलादेशबाट पेट्रोलियम आयात गर्ने प्रक्रियालाई पनि अन्तिम चरणमा पुर्याएको छ । हाल नेपाल आयल निगमका प्रतिनिधिहरु ग्याँस आयातका लागि छलफल गर्न बंगलादेशमै रहेका छन् ।

त्यस्तै सरकारले नाकाबन्दीको बेलामा भइरहेको कालोबजारी नियन्त्रण गर्नका लागि कमिटी गठन गर्न लागेको छ । कालोबजारी नियन्त्रणका लागि कमिटी गठन गरी तत्काल तत्काल अनुगमन सुरु गरिने बताइएको छ । सर्वसाधारणका लागि भोलीदेखि नै मट्टीतेल वितरण गर्ने जानकारी दिँदै ग्याँस तथा पेट्रोलियमलाई पनि समानुपातिक रुपमा वितरण गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL