Logo

नाकामा रोकिएका औषधी स्कर्टिङ गरेर ल्याइने

नाकामा रोकिएका औषधी स्कर्टिङ गरेर ल्याइने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । औषधी व्यवस्था विभागले भारतीय नाकाबन्दीले गर्दा सिमामा रोकिएका औषधीे ल्याउने तयारी थालेको छ । कलकत बन्दरगाह तथा अन्य नाकामा रोकिएका औषधी स्कर्टिङ गरेर ल्याउने तयारी गरिएको विभागले जानकारी दिएको छ । सिमामा रोकिएका औषधीका ट्रक ल्याउन विभिन्न पक्षहरुसँग छलफल भइरहेको विभागका महानिर्देशक बालकृष्ण खकुरेलले जानकारी दिए ।

उनका अनुसार कलकत्ता बन्दरगाह र अन्य नाकामा औषधी तथा कच्चा पदार्थ सहितको ४ सय भन्दा बढी ट्रक रोकिएका छन् । विभागले औषधी ल्याउनका लागि तेल उपलब्ध गराउन नेपाल आयल निगमसँग प्रस्ताव राखिएको र निगम सकारात्मक देखिएको छ । त्यस्तै सुरक्षा निकायहरुसँग पनि छलफल शुरु गरिएको बताइएको छ । अवको १ हप्ताभित्र अत्यावश्यक औषधी सहजै उपलब्ध हुने वातावरण बन्ने उनको दावी छ ।

विभागले औषधी अभाव नहोस भनेर कतिपय औषधीहरु तेस्रो मुलुकबाट जहाजमा ल्याउने तयारी समेत भएको  विभागका औषधी व्यवस्थापक भरत भट्टराइले जानकारी दिए ।

बोर्डरका औषधी भित्र्याउन औषधी व्यवसायी तथा उद्योगीहरुले समेत सहकार्य गर्न लागेको बताइएको छ । त्यस्तै उद्योग वाणिज्य महासंघ, औषधी उतपादक तथा औषधी विक्रेताहरुले समेत साथ दिनलागेको छ । विश्व स्वास्थ्य संगठनका पदाधिकारी सहितको परामर्श अघि बढाएको विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताए । औषधि बोकेका अत्यावश्यक सवारीसाधनलाई नाकाबाट भित्र्याउनका लागि विभागले भारतीय अधिकारीहरुसित पनि पहल गरेको उनले बताए।
केही दिनदेखि नाकाहरु खुकुलो भएकोले केही औषधी तथा कच्चा पदार्थसमेत आयात भएको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । ‘भारतीय नाकाबन्दीले गर्दा बजारमा औषधी सहज उपलब्ध नभएपनि आत्तिहाल्नुपर्ने अवस्था भने छैन’ उनले भने ।

औषधी सामान्य अवस्थामा भन्दा असहज भएपनि अभावको स्थिती सिर्जना नभएको औषधी व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताए । ‘बजारमा कुनै निश्चित व्राण्डको औषधी अभाव भएको होला उनले भने तर भएपनि त्यसको विकल्प छ ।’
यता अस्पतालहरुले भने औषधी अभावका कारण अप्रेसनका समेत कटौती गर्नुपरेको जानकारी दिएको छ । औधषी अभाव भएको भन्दै गंगालाल हृदयरोग केन्द्रले अप्रेसन सेवामा २५ देखि ५० प्रतिशत कटौती गरेको छ । यस्तै अवस्था रहिरहेमा भने २ महिनामा औषधी हाहाकार हुने औषधी व्यवसायीहरु बताउँछन् ।

नेपालमा कुल खपतको ६० प्रतिशत भारतबाट आयात हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL