Logo

राष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा, अब क्यूआरबाट २ लाख र इन्टरनेट बैंकिङमार्फत २० लाख कारोबार गर्न सकिने

राष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा, अब क्यूआरबाट २ लाख र इन्टरनेट बैंकिङमार्फत २० लाख कारोबार गर्न सकिने



काठमाडौं । पछिल्लो समय विद्युतिय भुक्तानी बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएको छ । बुधबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै केन्द्रीय बैंकले नयाँ सीमा निर्धारण गरेको हो ।

laxmi

नयाा निर्देशिकाअनुसार अब मोबाइल बैंकिङ क्यूआर कोडमार्फत दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ भने मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा पनि १० लाख रुपैयाँ बढाएर प्रतिदिन २० लाख रुपैयाँ बनाइएको छ । यसअघि क्यूआर कोडमार्फत कोरोबार सीमा प्रतिदिन १ लाख रुपैयाँ थियो ।

यसैगरि इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा रहेको दैनिक १० लाख रुपैयाँको सीमालाई बढाउादै २० लाख दैनिक कारोबार गर्न मिल्ने बनाइर्एको छ ।

यो सीमा कुनै व्यक्तिको नाममा बैक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा पैसा पठाउदा भने लागू नहुने केन्द्रीय बैंकले जनाएको छ । साथै, सरकारी कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, विद्युत् सेवा, दूरसञ्चार सेवा, बिमा प्रिमियमलगायतमा पनि लागू हुने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL