Logo

निजी सवारीलाई यसै साता तेल

निजी सवारीलाई यसै साता तेल


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । निजी सवारी साधनले केही दिनभित्र तेल पाउने भएका छन् । विरगञ्ज बाहेकका अन्य शाखाबाट तेलको आयात बढेको भन्दै नेपाल आयल निगमले यसै साता निजी सवारी साधनलाई तेल दिने तयारी गरेको हो ।

निगमले हाल निजी सवारी लाई कहाँ कसरी र कति तेल दिने बारे गृहकार्य भइरहेको निगम कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले जानकारी दिए । ‘ हामीले पेट्रोलपम्प र दिन भने तोकिसकेका छैनौं,’ उनले भने यही साता वितरण गर्ने योजना छ ।’

उनका अनुसार तेल बाड्नु अगाडी सर्वसाधारणलाई सूचना दिइने छ । अहिले विरगञ्ज बाहेकका नाकाबाट तेलका ट्यांकर धमाधम भित्रिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL