Logo

खाना पकाउन विद्युत दिने आपूर्ति मन्त्रीको आश्वासनमा प्राधिकरणले भन्यो–सकिँदैन

खाना पकाउन विद्युत दिने आपूर्ति मन्त्रीको आश्वासनमा प्राधिकरणले भन्यो–सकिँदैन


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । इन्धन अभावको वेला वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले जनतालाई खाना पकाउन विजुली उपलब्ध गराउने बताइरहदा नेपाल विद्युत् प्राधिकरणले भने नसकिने बताएको छ । बुधबार मात्र मन्त्री पुनले देशमा ग्याँस अभाव भएकोले जनतालाई खाना पकाउन विजुली उपलब्ध गराउने बताएका थिए । तर, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मुकेश काफ्ले भने मंसिरबाटै थप लोडसेडिङ बढ्ने बताउँछन् । अहिलेको अवस्थामा यही महिनाभरी मात्र खाना पकाउने समयमा विजुली दिन सकिने उनको भनाइ छ ।

काफ्लेका अनुसार मंसिरदेखि खाना पकाउने समयमा झन बढी लोडसेडिङ बढ्ने छ । ‘विशेषगरी बेलुका ७ वजेदेखि ९ बजेसम्म विजुलीको बढी माग हुन्छ,’ उनले भने, ‘सोही समयमा खाना पकाउने समय हुन्छ ।’ विजुलीलाई होल्ड गरेर निश्चित समयमा वितरण गर्न नसकिने हुँदा माग र आपुर्तिम निर्भर गर्ने उनको भनाइ छ । जनतालाई यो समयमा विजुली दिन्छु भनेर प्राधिकरणले ग्यारेन्टी गर्न नसक्ने समेत उनले जानकारी दिए ।

भुकम्प तथा हाल भइरहको राजनीतिक समस्याले विद्युत प्राधिकरणको योजना अनुसार काम गर्न नसकिएको र झन् लोडसेडिङ बढ्ने उनको दावी छ । भुकम्प पश्चात निजी क्षेत्रले निर्माण गरेका ९३ मेगावाट विजुली खेर गइरहेको छ । प्रशारणलाईन निर्माण गर्न नसकिएकोले त्यलाई राष्ट्रिय ग्रीडमा जोड्न सकिएको छैन । मन्त्री पुनले देशमा विजुली माग र पूर्तिको वास्तविक अवस्था नबुझी हुचुवाको भरमा बोल्दा झन समस्या हुने प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

विशेषगरी ढल्केवर–मोजफोपुर क्रस बोर्डर ट्रान्समिशन लाइन निर्माण गर्न नसक्दा लोडसेडिङ बढी हुने सम्भावना रहेको फाफ्लेले जानकारी दिए । ‘हामीले हिउँदको समयमा भारतबाट विजुली ल्याउनका लागि क्रस बोर्डर ट्रान्समिसन लाइन बनाइरहेका थियौं,’ उनले भने, ‘तर, तराइमा भइरहेको राजनीतिक समस्याले गर्दा निर्माण गर्न सकिएन ।’

तराइको बन्दले समयमै क्रस बोर्डर ट्रान्समिशन लाइन निर्माणमा समस्या भएकाले हिउँदको समयमा अझै बढी लोडसेडिङ हुने कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए । हाल भारतबाट प्राधिकरणले २ सय ५० मेगावाट बिजुली आयात गरिरहेको  जानकारी दिँदै थप बिजुली आयात गर्न नसकिए हिउँदको समयमा लोडसेडिङ उच्च रुपमा बढ्ने उनको दावी छ । प्राधिकरणले हिउँदको समयमा लोडसेडिङ कम गर्न आगामी नोभेम्बर १ तारिखदेखि भारतबाट विद्युत् आयातको लागि सम्झौता गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL