Logo

तराई आन्दोलनले आयात निर्यात घट्यो, भारतबाट तेल र औषधि आएन

तराई आन्दोलनले आयात निर्यात घट्यो, भारतबाट तेल र औषधि आएन


बिजखबर संवाददाता
0
Shares

तराईमा जारी आन्दोलनले नेपालको आयातनिर्यात व्यापार चौपट भएको छ । सामान्य समयमा समेत वृद्धिको बाटो लिन नसकेको नेपाली वस्तु निर्यात चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झनै ओरालो लागेको छ ।

आन्दोलनका कारण मुख्य नाका वीरगञ्ज ठप्प हुँदा नेपाली वस्तुको निर्यातमा ठूलो कमी आएको हो   ।

नेपाल राष्ट्र बैंंकले आइतवार प्रकाशित गरेको मुलुकको समष्टिगत आर्थिक अवस्थाको प्रतिवेदनका अनुसार गत साउन र भदौमा नेपाली वस्तु निर्यात २२ प्रतिशतले घटेको छ भने आयात व्यापारमा १९ प्रतिशतले कमी आएको छ ।

आयात उच्च दरले घटेको कारण समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११दशमलव८ प्रतिशत पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो अनुपात ११दशमलव४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७२\७३ को पहिलो दुई महिनामा कुल वस्तु निर्यात १५दशमलव२ प्रतिशतले ह्रास आर्ई रु. १२ अर्ब २४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.८ प्रतिशतले कमी आई रु. १४ अर्ब ४३ करोड रहेको थियो । समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेको कारण समग्र निर्यातमा ह्रास आएको हो ।
वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात २३ प्रतिशतले घटेको छ जुन गत वर्षको सेही अवधिमा ७दशमलव ६ प्रतिशतले घटेको थियो । त्यसैगरी चीनतर्फको निर्यात १२ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ३ प्रतिशतले घटेको छ ।

साउन भदौमा कुल वस्तु आयात गत वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ५ प्रतिशतले घटेर रु. १०३ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दशमलव ५ प्रतिशतले वृद्धि भई रु. १सय २६ अर्ब २ करोड पुगेको थियो ।
राष्ट्र बैंंकका अनुसार तराई मधेशमा जारी आन्दोलनले आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएको कारण नेपालमा आयात हुने पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आयात घटेकोले समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर कम रहन गएको हो ।

प्रतिवेदनका अनुसार भारतबाट इन्धन, औषधी लगायत अत्यावश्यक वस्तुको आयात कम भए पनि अन्य केही वस्तुको आयात भने बढेको छ । भारतबाट रासायनिक मल, एमएस वायर रड, कोल्ड शिट इन क्वायल, हट रोल्ड शिट इन क्वायल जस्ता वस्तुको आयात बढेको हो ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.८ प्रतिशतले कम भई रु. ९१ अर्ब ७१ करोडमा सीमित भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २४.९ प्रतिशतले बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये समीक्षा अवधिमा भारत र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः १९दशमलव ६ प्रतिशत र २६दशमलव ८ प्रतिशतले घटेको छ भने चीनसँगको व्यापार घाटा ६ दशमलव२ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः २२दशमलव ९ प्रतिशत, ४१दशमलव १ प्रतिशत र २२दशमलव४ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL