Logo

यसरी वितरण गरिँदै छ आधा सिलिण्डर ग्याँस, हेर्नुहोस कसरी पाउन सकिन्छ ?

यसरी वितरण गरिँदै छ आधा सिलिण्डर ग्याँस, हेर्नुहोस कसरी पाउन सकिन्छ ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल एलपीजी ग्याँस उद्योग संघले साविकका विक्रेता मार्फत नै ग्याँसको विक्री वितरण गर्ने भएको छ । उपभोक्ताहरुलाई सरल र सुलभ तरिकाबाट ग्याँस उपलब्ध गराउनका लागि सो व्यवस्था गरिएको ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए । ‘निश्तिच स्थान तोकेर विक्री वितरणगर्दा उपभोक्ताहरुले बढी दुख पाउने भए,’ उनले भने, ‘जसले गर्दा सवै विक्रेता मार्फत उपलब्ध गराउन लागेका हौं ।’ साथै, हाल सम्पूर्ण तयारी पुरा भएकोले आगामी हप्तादेखि ग्याँस वितरण गरिनेसमेत उनले जानकारी दिए ।

हाल ग्राहकहरुले जुन पसलबाट ग्याँस खरिद गर्दै आएका छन् सोही स्थानबाट आधा सिलिडर ग्याँस (७ दशमलव १ किलोग्राम) उपलब्ध गराइने छ । तर, हाल उद्योगीहरुले ल्याएको ग्याँसले तत्काल सवै उपभोक्तालाई भने पुर्याउन नसकिने उनको भनाइ छ । ग्याँस लिनका लागि सम्बन्धित विक्रेताका गएर लाइन वस्नुपर्ने हुन्छ । पालो अनुसार वितरण गरिने छ ।

आधा सिलिण्डर ग्यासको मुल्य ७ सय रुपैयाँ निर्धारण गरिएको छ । आधा सिलिण्डर ग्याँस भरेर विक्री गर्दा उद्योगीलाई घाटा लाग्ने भएपनि आफ्ना उपभोक्ताको हितलाई मध्यनजर गर्दै उक्त व्यवस्था गरिएको घिमिरे बताउँछन् । अहिलेसम्म झण्डै ३० बुलेट ग्याँस नेपाल भित्रिसकेको छ । हालको व्यवस्था अनुसार जसबाट ७५ हजार वटा सिलिण्डर भर्न पुग्छ । साथै, व्यवसायीहरुले १ सय बुलेटभन्दा बढीको पीडीओ (प्रोडक्ट डेलीभरी अर्डर) गरिसकेकाले सकरभर सवै उपभोक्तालाई पुर्याइने संघले जानकारी दिएको छ ।

यता नेपाल आयाल निगमले पनि तत्कालका समस्या समाधान गर्न आधा सिलिण्डर ग्याँस विक्री गर्न आग्रह गर्दै आएको थियो । साथै, निगमले तराइमा भएका ग्याँस उद्योगलाई आफुसँग भएकामध्ये ७५ प्रतिशत ग्याँस काठमाडौं पठाउन समेत निर्देशन दिएको छ । सोही अनुसार गृह मन्त्रालयले पनि राजधानीमा ग्याँस भित्र्याउनका लागि सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिएको छ । पछिल्लो समय नेपालमा ग्याँसको बुलेट भित्रने क्रम बढेको तथा तराइमा रहेका व्यवसायीले पनि काठमाडौं पठाउने भएपछि केही समहज हुने निगमले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL