Logo

पहुँचका आधारमा विश्वकै शक्तिशाली पासपोर्ट जापानको, नेपालको पासपोर्ट १०४ औं स्थानमा

पहुँचका आधारमा विश्वकै शक्तिशाली पासपोर्ट जापानको, नेपालको पासपोर्ट १०४ औं स्थानमा



काठमाडौं । जापानको पासपोर्ट गन्तव्य पहुँचका आधारमा विश्वकै पहिलो स्थानमा रहेको छ । ‘हेन्ले पासपोर्ट ईन्डेक्स’ले हालै विभिन्न देशमा पूर्व भिसाबीना पहुँच हुने पासपोर्टको पहिलो स्थानमा जापानको पासपोर्टलाई राखेको हो । कम्पनीले जापानको पासपोर्टधारीले विश्वका विभिन्न १ सय ९१ देशमा सजिलै पहुँच पाउने जानकारी दिएको छ । यस्तै धेरै देशमा पहूँच भएको पासपोर्ट हुने दोस्रो देश भने सिंगापुर रहेको छ । सिंगापुरको पासपोर्टधारीले विभिन्न १ सय ९० देशमा सजिलै पहुँच पाउने गरेका छन् ।

यस्तै कम्पनीले नेपाललाई भने १ सय ४ औ स्थानमा राखेको छ । नेपाली पासपोर्टधारीले विना भिसा ३८ मुलुकमा पहुँच पाउँछन् । नेपालपछि छिमेकी देश पाकिस्तान, लिविया, यमन, सोमालिया, सिरियालगायतका देशहरु रहेका छन् । यस्तै हाम्रो छिमेकी देश चीन ७० औ स्थानमा रहेको छ । चीनको पासपोर्टधारीहरुले विश्वका विभिन्न ७६ देशमा सजिलै पहँुच पाउने गरेका छन् । यस्तै भारत भने ५८ देशमा पहुँचसँगै ८५ औं स्थानमा परेको छ ।

उक्त र्याङ्किङ अन्तरराष्ट्रिय हवाई यातायात संघ (आएटा)को तथ्यांकका आधारमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL