Logo

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त, २ बर्ष पछि नेतृत्व पाउँदै

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त, २ बर्ष पछि नेतृत्व पाउँदै



काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले न्यौपानेलाई उदयपुर सिमेन्टको महाप्रबन्धमा नियुक्त गरेको हो ।

laxmi

उदयपुर सिमेन्टका तत्कालिन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेले नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली थियो । पौडेल २०७५ साल पुस २४ गते पौडले निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली थियो ।

त्यसयता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग सचिव चन्द्रकुमार घिमिरेको तेतृत्वमा एक कमिटि गठन गर्दै सो पदमा पदपूर्तिका लागि आवेदन माग गरेको थियो ।

पूर्वसचिवहरु कृष्णहरि बास्कोटा, रामेश्वर खनाल, नारायण विडारी लगायतको उक्त कमिटिले आवेदकहरुको क्षमता तथा अनुभवको आधारमा प्रस्तुतिकरण लिएर महाप्रबन्धक नियुक्तीका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सोही आधारमा सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले न्यौपानेलाई महाप्रबन्धमा नियुक्त गरेको हो । उदयपुर सिमेन्टमा महाप्रबन्धक पद खाली भएको २ बर्षपछि कम्पनीले नेतृत्व पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL