Logo

महासंघको वागमती प्रदेश अध्यक्षमा कार्की र श्रेष्ठबीच प्रतिस्पर्धा, एशोसिएट् उपाध्यक्षमा तिवारी र श्रेष्ठ

महासंघको वागमती प्रदेश अध्यक्षमा कार्की र श्रेष्ठबीच प्रतिस्पर्धा, एशोसिएट् उपाध्यक्षमा तिवारी र श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वागमती प्रदेशको निर्वाचनमा अध्यक्ष पदमा सुदर्शन कार्की र दिलसुन्दर श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि नै अध्यक्ष पदमा श्रेष्ठले उम्मेदवारी घोषणा गरेका थिए भने हाल आएर कार्कीले पनि उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्कीले यस अघि अध्यक्षको तयारी गरिरहे पनि आजै मात्रै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनी दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा महासंघका पूर्व केन्द्रिय सदस्य हुन् । यसैगरी अर्का प्रतिस्पर्धी श्रेष्ठ धुलिखेल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा महासंघका पूर्व केन्द्रिय सदस्य हुन् ।

अध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेका दुई उम्मेदवार मध्ये कार्की नेपाली कांग्रेस निकट हुन भने श्रेष्ठ माओवादी समर्थित हुन् । महासंघको प्रदेश निर्वाचनमा पनि महासंघ केन्द्रको जस्तै जिल्ला नगरको मतभार ५० प्रतिशत रहने र जिल्ला नगर अध्यक्षहरु धेरैजसो कांग्रेस समर्थित अध्यक्ष भएकाले पनि वागमती प्रदेशमा कार्कीलाई सहज हुने सम्बद्ध स्रोतको भनाई छ ।

यसैगरी वागमी प्रदेशको वस्तुतग तथा एशोसिएट्स उपाध्यक्षमा प्रकाश तिवारी र दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । तिवारी सफल युवा उद्यमी तथा होटल र्याडिसनका संचालक हुन् भने श्रेष्ठ नेपाल वितरक संघका पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL