Logo

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएन सम्मेलन,पुनर्निर्माण प्राथमिकतामा

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएन सम्मेलन,पुनर्निर्माण प्राथमिकतामा


बिजखबर संवाददाता
27
Shares

“एनआरएनए – पुनः निर्माणको सच्चा साझेदार” नाराका साथ सातौ गैरआवासीय नेपाली विश्व सम्मेलन शनिवार सम्पन्न भएको छ । १० बुँदे घोषणा पत्र जारी गर्दै
सम्पन्न  सम्मेलनमा ७१ मुलुकका ११ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मेलनले विशेषगरी भूकम्प पछिको पुनर्निर्माण र मुलुकको विकासको साझेदारीलाई प्राथमिकतामा राखेको छ ।

भूकम्प पीडितका लागि १ हजार घर निर्माणलाई घोषणा पत्रमा प्राथमिकताका साथ उल्लेख गरेको छ । नेपाल सरकारसँगको समन्वयमा १ हजार घर जतिसक्दो चाँडै निमा जारी घोषणा पत्रमा कम्तिमा एक हजर घर निर्माण गर्ने बताइएको छ । गैरआवासीय नेपालीहरुले नेपालमा गर्ने परोपकारी कार्यहरु संस्थागत रुपमा हुदा बढी प्रभावकारी हुन्छ भन्ने तथ्यलाई मनन गरी गैरआवासीय नेपालीहरुले गर्ने परोपकारी तथा व्यावसायिक लगानीका कार्यहरु संघको समन्वय गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै एनआरएनएले बिकास र पुनःनिर्माणको कार्यमा सच्चा साझेदार बन्ने र दीर्घकालिन सोच सहितको बिकासको सरकारसँग साझेदारी सम्झौता गर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

सम्मेलनमा नेपालमा लागनीको वातावरण तयार हुन लागेको भन्दै सबै एनआरएनहरुलाई नेपालको जलबिद्युत, पर्यटन, स्वास्थ्य, शिक्षा र संचार लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरिएको थियो ।

देशमा रोजगारीका अभावमा बिदेशिनबाध्य भएको उर्जाशील युवाहरुलाई गैरआवासीय नेपालीहरुको उत्पादनशील क्षेत्रमा लागनी गरी रोजगारीका असर सिर्जना गर्न सम्मेलनले आब्हान गरेको छ । सम्मेलनमा राष्ट्रपति, प्रधानमन्त्री,उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागीता रहेको थियो । घोषणापत्रमा भर्खरै जारी भएको नेपालको संविधानले गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गर्न सक्ने ब्यवस्था गरेकोमा त्यस ब्यवस्थाको स्वागत गर्दै यसको कार्यान्वयनको लागि छिटो नागरिकता प्रदान गर्न संविधानको मर्म अनुसार ऐन निर्माणका लागि नेपाल सरकारलाई अनुरोध गरेको छ ।

मध्यपूर्व, एसिया, अफ्रिका लगायतका क्षेत्रमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट भित्रिएको विप्रेषण (रिमिट्यान्स) ले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानलाई उच्चमूल्यांकन गर्दै कामदारहरुका दैनिक समस्याहरु पहिचान गरी समाधानका लागि ठोस कार्ययोजना बनाइने उल्लेख छ ।

बिदेशमै जन्मे हुर्केका गैरआवासीय नेपालीहरुको दोस्रो पुस्ताका नेपालीहरु एवं सबै महिलाहरुलाई संघमा आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण र संबद्धन गर्ने कार्यमा सरिक बनाउदै संघका हरेक तह र तप्काका गतिविधिमा समावेश गराइने छ । यसका अतिरिक्त गैरआवासीय नेपाली महिला एवं युवा संजालहरुका कार्ययोजना मार्फत नेपाल भित्रका युवा एवं महिलाहरुलाई पनि संघ मार्फत अघि बढाईएका कार्यक्रमहरुमा समावेश गरिने उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL