Logo

मुलुकले ३८औं प्रधानमन्त्री पाउदै, ओलीको सम्भावना बढी

मुलुकले ३८औं प्रधानमन्त्री पाउदै, ओलीको सम्भावना बढी


बिजखबर संवाददाता
0
Shares

आज मुलुकले ३८औं प्रधानमन्त्री पाउँदै छ । प्रधानमन्त्रीका लागी कामचलाउ प्रम सशुील कोइराला र संसदको दोश्रो ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीवीच प्रतिशपर्धा हुने भएको छ ।

आज ११ बजे प्रधानमन्त्रिको निर्वाचन हुँदै छ । कामचलाउ प्रधानमन्त्री कोइरालाले पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्थावक र उपसभापति रामचन्द्र पौडेलको सर्मथनमा उम्मेददारी दर्ता गरेका छन् ।

त्यस्तै एमाले अध्यक्ष ओलीले सांसदको तेस्रो ठुलो दल ए नेकपा माओवादीका अध्यक्ष प्रचण्डको प्रस्ताव र अन्य १५ दलको सर्मथनमा उम्मेददारी दर्ता गरेका हुन् । ओलीलाई स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले पनि सर्मथन गरेका छन् ।
चुनावमा २ सय ९९ मत पाउने उम्मेदवार प्रधानमन्त्री निर्वाचित हुनेछन् । दलहरुको समर्थन र सांसद संख्या हिसाब गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्भावना बलियो छ । ओलीलाई एमाले आफ्नै १सय ८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५ मत आउने पक्का भएको छ । त्यस्तै राप्रपाका १२, नेकपा मालेका ५, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, खम्बुवान राष्ट्रिय पार्टीलगायत गरि जम्मा ३ सय ३१ सांसदले समर्थन प्राप्त हुने देखिएको छ ।

त्यस्तै कांग्रेसले मधेसीदलहरुको सर्मथन पाएमा ओलीलाई अली असहज हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL