Logo

यसरी बाडिँदै छ नयाँ ट्याक्सी

यसरी बाडिँदै छ नयाँ ट्याक्सी


रामराजा श्रेष्ठ
0
Shares

सरकारले गोलाप्रथाद्वारा नयाँ ट्याक्सीको दर्ता गर्ने भएको छ । माग गरेभन्दा एकदमै धेरै आवेदन परेपछि गोलाप्रथाद्वारा नयाँ ट्याक्सी दर्ता गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले बिजखबरलाई बताए । ‘सरकारले १ हजार ८ सय ५० वटा नयाँ ट्याक्सी दर्ताको लागि आवेदन माग गरेको थियो,’ उनले भने, ‘झण्डै १६ हजारभन्दा बढीको आवेदन परेको छ ।’

 

विभागले त्यतिवेला सर्वसाधारण, स्वरोजगार मजदूर र यातायात व्यवसायीका लागि नयाँ ट्याक्सी आवेदन खुला गरेको थियो । जसअनुरुप सर्वसाधारणका लागि ७ सय ट्याक्सी दार्ता खुला गरिएकोमा ७ हजार ९ सय ७ जनाको आवेदन परेको छ । त्यसैगरी स्वरोजगार मजदूरका लागि ६ वटा नै नयाँ ट्याक्सी दिन लागिएकोमा त्यसमा पनि ७ हजारभन्दा बढीको आवेदन परेको छ ।

अधिकारीका अनुसार २ दिन लगाएर गोलाप्रर्था गरिने भएको छ । सर्वसाधारणका लागि यहि असोज २२ गते गोलाप्रर्था गरिने छ भने स्वरोजगार मजदूरका लागि २९ गते खुला गरिने भएको छ । दुवै कार्यक्रमको कुनै एक राष्ट्रिय स्तरको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । तर, कुन टेलिभिजन भन्ने विषयमा केही दिनभित्रे टुङ्गो लगाइने विभागले जानकारी दिएको छ । ललितपुरको च्यासल खेल मैदानबाट गोलाप्रथाको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । गोलाप्रथाको लागि पनि विभिन्न क्षेत्रका व्यतित्वहरु सम्मिलित २० जनाभन्दा बढीको छुट्टै कमिटि गठन गरिएको छ ।

माग संख्याभन्दा एकदमै बढी आवेदन परेकाले पारदर्शी रुपमा वितरण गर्नका लागि गोलाप्रथा बाहेक अरु कुनै विकल्प नभएको समेत अधिकारीले बताए । ‘सरकारले दर्ताको लागि आवेदन माग गर्नु पूर्व कुनै मापदण्ड बनाएन,’ उनले भने, ‘कानुनतः आवेदन खुला गरेपछि मापदण्ड बनाउन मिल्दैन ।’ जसले गर्दा गोलाप्रथा बाहेक अरु उत्तम विकल्प नभएको समेत उनले जानकारी दिए ।

विभागले यातायात व्यवसायीका लागि भने दर्ता शुरु गरिसकेको छ । मागभन्दा कम संख्यामा आवेदन परेकाले दर्ता प्रक्रिया नै शुरु गरिएको अधिकारीले बताए । उनीहरुका लागि ५ सय ५० वटा छुट्याइएकोमा ५ सय ४० जना व्यवसायीले मात्र आवेदन दिएका थिए ।

सरकारले झण्डै २ दशक पछि नयाँ ट्याक्सी दर्ता खुला गरेको हो । यो पनि पुराना ट्याक्सीको प्रतिस्थापनमा माग गरिएको अधिकारी बताउँछन् । ‘सरकारले पहिला उपत्यकामा ७ हजार ५ सय ट्याक्सी दर्ता गरेको थियो,’ उनले भने, ‘त्यसमध्ये कतिपय ट्याक्सी नामसारी भएर वाहिर गएको र केही विग्रीएर बसेकाले त्यसैलाई प्रतिस्थापन गर्न नयाँ माग गरिएको हो ।’ साथै, नयाँ ट्याक्सी किन्दा ८ सय सीसीभन्दा माथि क्षमता भएको किन्नुपर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL